images
images

शान्ति प्रक्रिया हामीले सुरु गरेका हौँ, टुंगोमा पुर्याउँछौँ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रिया हामीले सुरु गरेका हौँ, टुंगोमा पुर्याउँछौँ : प्रधानमन्त्री ओली

बिहिवार, चैत १४ २०८१
बिहिवार, चैत १४ २०८१
  • शान्ति प्रक्रिया हामीले सुरु गरेका हौँ, टुंगोमा पुर्याउँछौँ : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले सुरु गरेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया आफैँले सुरु गरेको भएपनि आफू श्रेयको भोको नरहेको बताए । 

    उनले भने, “नेपालमा शान्ति प्रक्रिया आफैँले सुरु गरेका छौँ । आफैँले गरेर अगाडि बढाएका हौँ । कसले श्रेय लिने हो भन्ने कुरा छाडौँ । म यसलाई सफल मात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन । श्रेय चाहिएन सफल पारौँ । पीडितका घाउमा मल्हम लगाउँ, उहाँहरूको आँशु पुस्छौँ ।”

    त्यस्तै, उनले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने पनि धारणा राखे । “वास्तवमा हामी मिल्यौँ भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन । पीडितलाई न्याय दिन नसकिने भन्ने छैन । सकिन्छ, सक्नुपर्छ र हामी सक्छौँ पनि । प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु ।”

    त्यस्तै, प्रधानमन्त्री ओलीले आयोगहरू सलबलाउन नसक्नु  दुर्भाग्यको कुरा रहेको पनि बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार