images
images

माओबादीका यी चार जनवर्गीय संगठनहरूद्वारा भोलि हुने खबरदारी सभाको ऐक्यबद्धता

माओबादीका यी चार जनवर्गीय संगठनहरूद्वारा भोलि हुने खबरदारी सभाको ऐक्यबद्धता

बिहिवार, चैत १४ २०८१
बिहिवार, चैत १४ २०८१
  • माओबादीका यी चार जनवर्गीय संगठनहरूद्वारा भोलि   हुने खबरदारी सभाको ऐक्यबद्धता
    images
    images

    काठमाडौं/ नेकपा (माओवादी केन्द्र) निकट चार जनवर्गीय संगठनहरूले सरकारको भ्रष्टाचार, कुशासन, र प्रतिगमनविरुद्ध कडा खबरदारी गरेका छन्। 

    अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा, र अखिल नेपाल सुकुम्बासी संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो भनेको हो । 

    माओवादी नेतृत्वमा स्थापना भएको प्रचण्ड सरकारलाई असफल बनाउने योजनामा प्रतिक्रियावादी, दलाल पुँजीपति, र बिचौलियाहरू लागि परेर ढालेको आरोप संगठनले लगाएको छ । 

    वक्तव्यमा वर्तमान सत्तारूढ दलहरूले भ्रष्टाचार बढाउनुका साथै महिला, दलित, मजदुर, र सुकुम्बासीको अधिकारमा निरन्तर कुठाराघात गर्दै आइरहेको आरोप विज्ञप्तिमा छ, ‘प्रचण्ड सरकारले गरेका कामहरूबारे चर्चा वक्तव्यमा प्रचण्ड नेतृत्वको सरकारलाई लोकप्रिय सरकारको संज्ञा दिँदै सरकारले गरेका सुशासनका कदमहरूलाई उल्लेख गरेको छ । 

    प्रचण्डले तत्कालिन समयमा राजस्व संकलनमा एनसेल मुद्दालाई कडा नीति अपनाउने, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण गर्ने, किसानहरूका लागि मलबिउको व्यवस्था गर्ने, र नश्ल सुधारका लागि मूर्रा राँगो आयात गर्ने जस्ता  राम्रो काम गरेको विज्ञप्तिमा उल्लेख छ । 

    वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै काँग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार गठनपछि भ्रष्टाचार, महिला हिंसा, दलित हिंसा बढेको महङ्गीले चरम सीमा नाघेको भन्दै उनीहरूले सरकारको आलोचना गरेका छन्। 

    सत्ता पक्षले फौजदारी मुद्दा फिर्ता लिनु, दोहोरो मापदण्ड अपनाउनु, र जनतालाई थिचोमिचो गर्न कानुन निर्माण गर्ने प्रयास गर्नुले जनतामा थप असन्तोष पैदा  गरेको संगठनको ठहर छ । 

    लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वमा कुठाराघातको आरोप

    विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधनका नाममा समानुपातिक प्रतिनिधित्व कमजोर बनाउन खोजिएको, विद्युत् प्राधिकरणजस्ता संस्थाहरूमा राजनीतिक हस्तक्षेप भएको, र मेरिटोक्रेसीलाई समाप्त पार्ने प्रयास भइरहेकाले सरकारको नियत खराब छ । 

    खबरदारी सभाको आह्वान
    वर्तमान सरकारका गलत हर्कतहरू र देशमा देखिएको असन्तोषलाई प्रतिगमनकारी शक्तिहरूले दुरुपयोग गर्दै राजतन्त्र फर्काउने षड्यन्त्र गर्न खोजेको उल्लेख गर्दै संगठनहरूले  यहि चैत १५ गते समाजवादी मोर्चा नेपालद्वारा आयोजित खबरदारी सभामा ऐक्यबद्धता जनाएका छन्।

    संगठनले किसान, मजदुर, दलित, सुकुम्बासी, र आम जनसमुदायलाई उक्त खबरदारी सभामा सहभागी भई देशको भविष्यका लागि आवाज उठाउन अपिल  गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार