images
images

काठमाडौँमा बहुराष्ट्रिय विपद् व्यवस्थापन अभ्यास सम्पन्न

काठमाडौँमा बहुराष्ट्रिय विपद् व्यवस्थापन अभ्यास सम्पन्न

बिहिवार, चैत १४ २०८१
बिहिवार, चैत १४ २०८१
  • काठमाडौँमा बहुराष्ट्रिय विपद् व्यवस्थापन अभ्यास सम्पन्न
    images
    images

    काठमाडौँ/ नेपाली सेना र अमेरिकी US INDOPACOM को संयुक्त आयोजनामा मिति २०८१ चैत्र ४ गतेबाट काठमाडौँमा सञ्चालन भएको बहुराष्ट्रिय अभ्यास Multinational Planning Augmentation Team Tempest Express (MPAT TE - 40) आज समापन भएको छ।

    विपद् व्यवस्थापनसम्बन्धी सैनिक, गैरसैनिक तथा सरकारी र गैरसरकारी निकायबीच सैद्धान्तिक र व्यवहारिक अनुभव आदानप्रदान गर्दै भविष्यमा विपद् प्रतिकार्य क्षमतामा सुधार गर्ने उद्देश्यले यो अभ्यास सञ्चालन गरिएको हो।

    अभ्यासमा नेपालबाट नेपाली सेना, अन्य सुरक्षा निकाय, र नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायका ५६ जना र विभिन्न देशका ३६ जना गरी कुल ९२ जनाको सहभागिता थियो।

    समापन समारोहमा रथीबृन्द, नेपालका लागि अमेरिकी राजदूतावासका Deputy Chief of the Mission, नेपाल सरकारका अधिकारीहरू, तथा विभिन्न संघ-संस्थाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

    यो अभ्यासले विपद् प्रतिकार्य क्षमताको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार