images
images

सुरु भयो चियाको  ‘फस्ट प्लग’, किन महँगो मूल्यमा बिक्री हुन्छ यो ?

सुरु भयो चियाको  ‘फस्ट प्लग’, किन महँगो मूल्यमा बिक्री हुन्छ यो ?

शुक्रवार, चैत १५ २०८१
शुक्रवार, चैत १५ २०८१
  • सुरु भयो चियाको  ‘फस्ट प्लग’, किन महँगो मूल्यमा बिक्री हुन्छ यो ?
    images
    images
    images
    images

    मङ्गलबारे (झापा) /  इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन । 

    गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताए। चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । 

    यस याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिने गरिन्छ । 

    जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ । तर केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पलाउन सुरु भएको छ । सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माईजोगमाई गाउँ माथिल्लो क्षेत्रमा पनि चियाको बोटमा मुना पलाउन थालेका छन् । 

    इलामलगायत पूर्वी क्षेत्रमा ११ हजार ५६९ हेक्टरमा चियाखेती भइरहेको छ । 

    जसमा १४ हजार ८९८ साना किसान चियाखेतीमा संलग्न छन् । तथ्याङ्कअनुसार हाल यहाँ एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार