images
images

बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" भृकुटीमण्डपमा चैत २८ देखि सुरु हुँदै

बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" भृकुटीमण्डपमा चैत २८ देखि सुरु हुँदै

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" भृकुटीमण्डपमा चैत २८ देखि सुरु हुँदै
    images
    images
    images
    images

    काठमाडौं / नेपालका बाइक प्रेमीहरूका लागि खुसीको खबर! यामाहा नेपालले आयोजना गर्न लागेको बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" यही चैत २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। एक सातासम्म चल्ने यो एक्सचेन्ज तथा मोटो उत्सव वैशाख ३, २०८२ सम्म सञ्चालन हुनेछ।

    नेपालकै सबैभन्दा ठूलो दुई-पाङ्ग्रे सवारी एक्सचेन्ज कार्यक्रममध्ये एक मानिएको "यामाहा ब्लू फेस्ट" ले बाइकप्रेमीहरूका लागि रोमाञ्चक अवसरहरू ल्याएको छ। कार्यक्रममा सहभागी भएर तपाईंले यामाहाको आकर्षक अफर र अनुभव प्राप्त गर्न सक्नुहुन्छ।

    मुख्य आकर्षणहरू:

    • कुनै पनि ब्रान्डको बाइक साट्न सकिने सुविधा

    • यामाहा बाइक वा स्कुटरमा न्यूनतम रू. ५०,००० को मूल्याङ्कन

    • अन्य ब्रान्डका बाइकहरूमा पनि न्यूनतम रू. २५,००० को मूल्याङ्कन (ट्याक्स क्लियरेन्स आवश्यक)

    • एक्सचेन्जमा थप रू. १०,००० बोनस

    • ७.९९% फाइनान्सिङ (ग्यारेन्टर बिना)

    • ‘थ्रिल अफ थ्री’ योजना अन्तर्गत रू. १,००,००० सम्मको नगद छुट जित्ने अवसर

    ‘थ्रिल अफ थ्री’ योजना अन्तर्गत:

    • विज्ञापन सेयर गरेर रू. १,००० जित्न सकिने

    • स्क्रिनसट देखाएर रू. ५०,००० सम्म छुट प्राप्त गर्न सकिने

    • यामाहा खरिद गरी रू. १,००,००० सम्मको नगद छुट जित्न सकिने

    यामाहा आफ्नो स्टाइल, परफर्मेन्स र विश्वसनीयताको लागि चिनिएको ब्रान्ड हो। कार्यक्रममा RayZR 125FI Hybrid, R15 V4, MT-15 V2, FZ V3 Series, Aerox 155, र WR155R जस्ता लोकप्रिय मोडलहरू प्रदर्शन गरिनेछ। यी सबै बाइकहरू जापानी प्रविधिमा आधारित छन्, जसले सुरक्षित र रोमाञ्चक राइड सुनिश्चित गर्छ।

    ब्लू फेस्टमा रमाइलोको भरमार:

    • स्मार्ट हेल्मेट जित्ने डुअर प्राइजहरू

    • टेस्ट राइडमा सहभागी भएर उपहार जित्ने अवसर

    • गेमिङ जोन र फेस पेन्टिंग

    • महेश काफ्ले र अस्मिता अधिकारीको विशेष लाइभ प्रस्तुति

    • निःशुल्क एक्सेसरिज

    • र अरु थुप्रै रोमाञ्चक गतिविधिहरू

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com