images
images

पियोर इनर्जीको आइपिओ निष्काशन, बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने

पियोर इनर्जीको आइपिओ निष्काशन, बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • पियोर इनर्जीको आइपिओ निष्काशन, बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने
    images
    images
    images
    images

    काठमाडौँ / पियोर इनर्जी लिमिटेडको आइपिओ आज (बिहीबार)देखि निष्काशन भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । 

    कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आइपिओ बाँडफाँटपश्चात सर्वसाधरणका लागि निष्काशन गरेको छ । 

    कम्पनीले जारीपूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याएको छ । 

    त्यस्तै, १ लाख ४४ हजार कित्ता साधारण सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। 

    कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता पनि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

    कम्पनीको आइपिओमा सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

    आइपिओमा बैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयमा पर्याप्त आवेदन नपरेमा ढिलो अवधिमा बैशाख ११ गते हुनेछ।

    आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। 

    यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

    आइपिओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    कम्पनीले प्रवरद्धन गरेको १० मेगावाट क्षमताको सौर्य पि.भि. विद्युत आयोजना ब्लक १ को कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १२ करोड ५५ लाख रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com