images
images

नयाँ बर्षको पहिलो दिन बैशाख १ गतेको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी ? हेर्नुस्

नयाँ बर्षको पहिलो दिन बैशाख १ गतेको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी ? हेर्नुस्

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • नयाँ बर्षको पहिलो दिन बैशाख १ गतेको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी ? हेर्नुस्
    images
    images
    images
    images

    आज विक्रम संवत २०८२ साल वैसाख १ गते,  सोमबार तदनुसार ईश्वी सन् २०२५ अप्रिल १४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, बैशाख कृष्णपक्ष, प्रतिपदा तिथि, ३ घडी १० पला, बिहान ६ बजेर ५९ मिनेट उप्रान्त द्वितीया, स्वाती नक्षत्र, आनन्दादिमा–छत्र योग, चन्द्रराशि–तुला, आजदेखि नयाँ बर्ष प्रारम्भ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    साझेदारीमा गरिएको व्यापार व्यवसायबाट फाइदा मिल्नेछ । महत्वाकांक्षी योजना सुरु गर्ने समय छ । भौतिक साधन जोड्न सकिने समय छ । विलासी वस्तुको प्रयोगले अरुलाई आकर्षित गर्न सकिनेछ । आर्थिक आम्दानीको लागि गरिएको काममा सफलता मिल्नेछ । सौख पूरा गर्ने समय छ । खर्च बढ्ने भए पनि व्यवसायमा लगानी गर्ने समय छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    लगनशीलताले समय आफ्नो पक्षमा पार्न सकिनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। व्यापार व्यवसायमा धैर्यपूर्वक गरिएको काममा सफलता मिल्नेछ । रोजगारीको अवसर मिल्नेछ । लामो दुरीको यात्राको सम्भावना छ । प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौती पन्छाएर काम सम्पादन गर्न सकिने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा गरिएको लगानीबाट विशेष फाइदा लिन सकिनेछ । हिम्मतले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ । आम्दानी प्रशस्त हुने हुँदा धन सञ्चित गर्न सकिनेछ । छोटो दुरीको यात्राको सम्भावना छ । दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार व्यवसायमा पारदर्शी हुनुहोस् । आफ्नो योजना गोप्य राख्नुहोस् । कार्यक्षेत्रमा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । महत्वाकांक्षी योजना गोप्य राख्नुहोस् । मेहनतले चुनौतिपूर्ण काम सम्पादन गर्न सकिनेछ । रमाइलो यात्राको योग छ । अभिभावकबाट काममा सहयोग प्राप्त हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ । अवसरवादीहरूले फाइदा उठाउन सक्छन् सचेत हुनुहोला । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    दिगो फाइदा हुने महत्वाकांक्षी योजना कार्यान्वयन गर्ने समय छ । लामो समयदेखि रोकिएको काम सम्पादन हुनेछ । लामो दुरीको यात्रा हुने सम्भावना छ । शुभचिन्तक र आफन्तको सहयोगले चिताएको काम सजिलै सम्पादन हुनेछ । उद्योग तथा व्यापार व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ । गरिएको काम छोटो समयमै सम्पादन हुनेछ भने कृषि तथा पशुपालनमा पनि फाइदा हुनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    अपेक्षित कार्य सम्पादन हुनेछ । आकर्षक उपहार र भौतिक सम्पत्ति जोड्ने समय छ । रमाइलो यात्राको योग छ । कर्जा र उधारो कारोबारमा धन बाहिरिने सम्भावना छ । नियमित कामबाट मनग्य फाइदा लिन सकिनेछ । योजना बनाएर सुरु गरिएको काममा मात्रै सफलता मिल्नेछ । अवसरको सदुपयोग गर्न विशेष योजना बनाउनुहोस् । अरुको  विषयमाभन्दा आफ्नै काममा लाग्नुहोस् । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आयआर्जनको स्रोत बढ्नेछ । भौतिक सम्पत्ति जोड्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । यात्राको सम्भावना छ । समय आफू अनुकूल बनाएर प्रारम्भ गरिएको काममा सफलता पाउनेछ । प्रयत्न गर्दा विभिनन अवसर प्राप्त हुनेछ । कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्, सचेत हुनुहोला । तत्काल श्रमको न्यून मूल्य प्राप्त भए पनि दिगो फाइदा हुने काम हुनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    पेशा, व्यापार व्यवसायबाट आम्दानी हुनेछ । यद्यपि आज उधारो कारोबार हुने र अरुका लागि रकम खर्च हुने समय छ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । किनमेल र सौखले खर्च बढाउनेछ । जसले गर्दा आर्थिक सङ्कट आइपर्नेछ । भविष्यका लागि गरिएको कामबाट फाइदा मिल्ने योग छ । अरुका लागि समय र धन खर्च हुनसक्छ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    चुनौतिपूर्ण काम सम्पादन गरी अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनसक्छ । छाटो दुरीको उपलब्धिमूलक यात्रा हुनसक्छ । भौतिक सम्पत्ति प्राप्त हुनेसक्छ । प्रविधिको सहयोगले व्यापार व्यवसाय फस्टाउने योग छ । मनग्य आम्दानी हुने भए पनि खर्च बढ्दा धन सञ्चित भने हुन सक्दैन । महेनतले आँटेको काम सम्पादन गर्न सकिनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आम्दानी बृद्धि हुने हुँदा आर्थिक पक्ष सबल रहनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्य फाइदा लिन सकिनेछ । पहिलेको कामको सफलताले हौसला मिल्नेछ भने नयाँ अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमि वाहन र पैतृक सम्पत्तिको उपयोगले कीर्तिमानी काम बन्नेछ । आज नाम, दाम र इनाम प्राप्त होला । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    सानो प्रयत्नले उपलब्धिमूलक काम सम्पादन हुनेछ । रमाइलो यात्राको योग छ । पराक्रम बढ्ने हुँदा लक्ष्य प्राप्त गर्न सकिनेछ । आज गरेको मेहनतले दिगो फाइदा हुनेछ । प्रतिष्ठित काम सम्पादन हुने हुँदा नाम, दाम र इनाम प्राप्त होला । रचनात्मक कामबाट फाइदा लिन सकिनेछ । भौतिक सम्पत्ति जोड्न सकिनेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । अरुलाई प्रभावमा पार्ने समय छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    बोलीको प्रभावले उपलब्धिमूलक काम सम्पादन गर्न सकिनेछ । कला, सङ्गीत र साहित्यको क्षेत्रबाट आम्दानीको स्रोत बढाउन सकिनेछ । प्रविधिको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ । गोपनीयतामा ख्याल गर्नुहोला । रमाइलो यात्राको योग छ । आज महत्वाकांक्षी योजना थाँती राख्नु राम्रो हुनेछ । एउटै काम दोहोर्याएर गर्नुपर्ला । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com