images
images

उपेन्द्रको लेखन र निर्देशनमै ‘जारी २’ निर्माणको घोषणा, कोको रहनेछन् कलाकार ?

उपेन्द्रको लेखन र निर्देशनमै ‘जारी २’ निर्माणको घोषणा, कोको रहनेछन् कलाकार ?

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • उपेन्द्रको लेखन र निर्देशनमै ‘जारी २’ निर्माणको घोषणा, कोको रहनेछन् कलाकार ?
    images
    images
    images
    images

    काठमाडौँ / नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।

    सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो सिनेमालाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ ।

    ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । यो सिनेमा यही वर्षको दशैँमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।

    कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो । 

    बैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।

    बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । यो सिनेमाको सम्पूर्ण छायाङ्कन पाँचथरको विभिन्न पर्यटकिय गन्तव्यमा गरिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com