images
images

जापानसँग नेपालको सम्बन्ध महत्त्वपूर्ण र ऐतिहासिक छ : चेम्बर अफ कमर्स

जापानसँग नेपालको सम्बन्ध महत्त्वपूर्ण र ऐतिहासिक छ : चेम्बर अफ कमर्स

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • जापानसँग नेपालको सम्बन्ध महत्त्वपूर्ण र ऐतिहासिक छ : चेम्बर अफ कमर्स
    images
    images

    काठमाडौँ / नेपाल र जापानबीचको कुटनीतिक र आर्थिक सम्वन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल भ्रमणमा रहेका जापानी सांसदहरू काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्वन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताए । 

    राजदूत किकुता युताका सहित भएको कार्यक्रममा अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सासंदहरूसँग आग्रह समेत गरे । 

    अध्यक्ष मल्लले भने, “दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ७० बर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ ।”

    उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवम् प्रविधिको क्षेत्रमा लगानीको  वातावरण बनाउन सांसदहरूसँग आग्रह गरे । कृषिमा प्रविधी हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्न सक्ने अध्यक्ष मल्लको भनाई छ । 

    जापानमा १ लाख ३९ हजार हाराहारीमा नेपालीहरू रहेको भन्दै अध्यक्ष मल्लले नागरिक स्तरमा पनि दुई मुलुकबीचको सम्वन्ध निकै उत्कृष्ट रहेको उल्लेख गरे । नेपालले जापानमा ९० लाख डलर बराबरको बस्तु निर्यात गर्दा ४ करोड ७० लाख डलर हाराहारीमा आयात गर्ने गरेको छ । 

    चेम्बरको स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरो कोवायासीले नेपालमा ३० वर्ष अघि आएर लुम्विनीमा वृक्षारोपण गरेको स्मरण गरे । 
    नेपाल र जपानबीचको आर्थिक र कुटनीतिक सम्वन्ध सधैँ उत्कृष्ट रहेको उनको भनाई छ । अर्का सांसद नागाई मनावुले पनि दुई मुलुकबीचको आर्थिक र कुटनीतिक सम्बन्धलाई जनस्तरसम्मै पु¥याउनुपर्नेमा जोड दिए । नेपालका लागि जपानी राजदूत युताकाले नेपाल जापानबिचको सम्वन्ध सुधारमा चेम्बरले गरेको प्रयासलाई धन्यवाद दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार