images
images

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्न प्रेम सुवालको माग

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्न प्रेम सुवालको माग

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्न प्रेम सुवालको माग

    काठमाडौँ / नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने बताएका छन् । 

    images
    images
    images
    images

    मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्वन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

    घिसिङले बिजुली महशुल असुली गर्न नसकेकाले सुवालको आरोप छ । उनले भने, “बिजुली महसुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कूलमान घिसिङलाई तत्काल निलम्वन गरी कारबाही गर्न जरुरी छ ।” त्यस्तै, उनले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरेको सुवालको आरोप छ । 

    सांसद सुवालले भने, “डेडिकेटेड टं«क लाईनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महशुल नबुझाउनेहरुसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ ।” 

    उनले भने ले राजनीतिक दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न ३ प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचन सम्बन्धि एकीकृत मस्यौदा लोकतन्त्रको मर्म विपरित रहेकाले मान्य नहुने पनि बताए । 

    सांसद् सुवाल भन्छन्, “निर्वाचन आयोगले निर्वाचन सम्बन्धि एकीकृत विधेयक मस्यौदा गरेको छ । तर राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा ३ प्रतिशत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरितको प्रावधान यथावत राखिएको छ । यो मत सीमा हटाउन सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा ६ वर्ष भयो । तर फैसला भएको छैन ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार