images
images

भोलिदेखि सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा विक्री खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

भोलिदेखि सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा विक्री खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

बिहिवार, भदौ १४ २०८०
बिहिवार, भदौ १४ २०८०
  • images
    images
    भोलिदेखि सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा विक्री खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्सले भोलि (शुक्रवार)देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

    images
    images

    नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । 

    १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री गरेको छ । 

    बाँकी १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिएको छ ।

    सर्वसाधारण लगानीकर्ताहरूमा जारी भएको आईपीओ विक्री अवधि छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ २९ गतेसम्मका लागि तोकिएको छ ।

    पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओसमेत छिटो अवधि भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । 

    लगानीकर्ताहरूले आवेदन पेस गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड छ । 

    विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

    कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यमरूपमा सुरक्षित रहेको संकेत गर्ने ईक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । 

    नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ कात्तिक २ गतेदेखि कारोबार शुरू गरेको हो । हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।

    अघिल्ला तीन आर्थिक वर्ष निरन्तर सञ्चित नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार