images
images

बढ्दै छ अम्रिसो, रुद्राक्ष, यार्सागुम्बादेखि गलैँचाको व्यापार, साउनमा सबैभन्दा धेरै अलैँची निर्यात

बढ्दै छ अम्रिसो, रुद्राक्ष, यार्सागुम्बादेखि गलैँचाको व्यापार, साउनमा सबैभन्दा धेरै अलैँची निर्यात

बिहिवार, भदौ १४ २०८०
बिहिवार, भदौ १४ २०८०
  • images
    images
    बढ्दै छ अम्रिसो, रुद्राक्ष, यार्सागुम्बादेखि गलैँचाको व्यापार, साउनमा सबैभन्दा धेरै अलैँची निर्यात

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा नेपालको कुल व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार रुपैयाँ छ । अर्थात मूलुकमा निर्यातको भन्दा आयातको मात्रा निकै ठूलो छ । 

    images
    images

    व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।

    चालु आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजारको वस्तु आयात हुँदा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको मात्र वस्तु निर्यात भएको छ । 

    गत आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको वस्तु आयात हुँदा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको वस्तु निर्यात भएको थियो । 

    भन्सार विभागको तथ्याङ्कानुसार चालु आर्थिक बर्षको पहिलो महिनामा करिब १ अर्बको कार्पेट (गलैँचा) निर्यात भएको छ । गत आवमा २०७९/८० मा रु एक ११ अर्ब ५० करोड ६६ लाख २३ हजारको गलैँचा निर्यात भएको विभागको भनाइ छ ।

    यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुुलुकमा निर्यात हुन्छ । ऊन तथा जनावरका रौबाट बनेका यस्ता गलैँचाको माग विशेष गरी अमेरिका तथा यूरोप नै हो । साउनमा अमेरिकामा मात्रै रु ५५ करोड ७१ लाख २१ हजार बराबरको गलैँचा निर्यात भएको छ । साथै जर्मनीमा १२ करोड ६ लाख २३ हजार, बेलायतमा २ करोड ९५ लाख ४५ हजार, इटलीमा रु ६१ करोड ४६ लाख ६२ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै साउनमा फ्रान्समा २ करोड ८६ लाख ९५ हजार बराबरको गलैँचा निर्यात भएको छ ।

    यस्तै, गत आवमा अमेरिकामा मात्रै रु सात अर्ब १८ करोड २५ लाख ६७ हजार बराबरको गलैँचा निर्यात भएको छ ।साथै जर्मनीमा रु ८८ करोड ७० लाख २२ हजार, बेलायतमा रु ७८ करोड ७५ लाख ७६ हजार, इटलीमा रु ६१ करोड ४६ लाख ६२ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गत आवमा फ्रान्समा रु ३४ करोड २५ लाख ९२ हजार बराबरको गलैँचा निर्यात भएको छ ।

    निर्यातमा सबैभन्दा बढी अलैँची

    नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । त्यस्तै चालु आवको पहिलो महिनामा ९५ करोड ६६ लाख ३९ हजार रुपैयाँ बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ ।

    १२ करोडको अम्रिसो निर्यात

    चालु आर्थिक बर्षको पहिलो महिनामा १२ करोड रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको छ । तथ्याङ्क अनुसार साउन महिनामा १२ करोड ७ लाख ७९ हजार रुपैयाँ बराबरको १० लाख ६ हजार ४९० किलोग्राम अम्रिसो मूलुकबाट निर्यात भएको हो । नेपालले उक्त मूल्य बराबरको अम्रिसो भारतमा मात्रै निर्यात गरेको छ ।

    तथ्याङ्क अनुसार यो निर्यात गत आर्थिक बर्ष २०७९/८० को साउन महिनाको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ५ करोड ५ लाख ४५ हजार रुपैयाँ बराबरको को १० लाख ११ हजार किलोग्राम अम्रिसो नेपालबाट अन्य मूलुकमा निर्यात भएको थियो ।

    २३ करोड बढिको यार्सागुम्बा निर्यात

    चालु आर्थिक बर्षको पहिलो महिना साउनमा २३ करोड २० लाख १३ हजार रुपैयाँ बराबरको ३ सय ७३ किलो यार्सागुम्बा नेपालबाट विभिन्न मूलुकमा निर्यात भएको हो । 

    गत आर्थिक बर्षको पहिलो महिनामो तुलनामा चालु आर्थिक बर्षको पहिलो महिनामा १० करोड ७२ लाख ३६ हजार रुपैया अर्थात १ सय ७० किलो बढि यार्सागुम्बा नेपालबाट अन्य मूलुकहरूमा निर्यात भएको छ । 

    तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा सबैभन्दा धेरै यार्चागुम्बा हङकङमा निर्यात भएको छ भने सबेभन्दा कम मलेसियामा निर्यात भएको छ । पहिलो १ महिनामा हङकङमा ११ करोड ३० लाख ९४ हजार रुपैयाँको १ सय ६८ किलो यार्चागुम्बा निर्यात भएको छ भने मलेसियामा ३ लाख ४७ हजार रुपैयाँको ३ किलो मात्रै यार्चागुम्बा निर्यात भएको छ ।  

    यता, कम्बोडियामा ८९ लाख ९७ हजार रुपैयाँ बराबरको ११ किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, चीनमा ९ करोड ३१ लाख २१ हजार रुपैयाँ बराबरको १ सय ५२ किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, सिङ्गापुर र भियतनाममा क्रमशः ६३ लाख ८८ हजार रुपैयाँ बराबरको ७ किलो र ९४ लाख ६५ हजार रुपैयाँ बराबरको ३२ किलो यार्चागुम्बा निर्यात भएको छ ।

    १८ लाखभन्दा बढिको रुद्राक्ष निर्यात

    चालु आर्थिक बर्षको पहिलो महिनामा १८ लाख ८६ हजार रुपैयाँ बराबरको ७१ हजार ७७ किलो रुद्राक्ष विभिन्न देशहरूमा निर्यात भएको हो । यो बर्षको पहिलो महिनामा नेपालबाट चीन भारत, नर्वे र अमेरिका गरि चार मूलुकमा ७१ हजार ७७ किलो रुद्राक्ष निर्यात भएको छ । 

    एक महिनामा भारतमा ८ लाख ८६ हजार रुपैयाँ बराबरको ४४ हजार किलो रुद्राक्ष निर्यात भएको छ भने, चीनमा ९ लाख ९९ हजार रुपैयाँ बराबरको २७ हजार ६७ किलो रुद्राक्ष निर्यात भएको छ । यस्तै, नर्वे र अमेरिकामा क्रमशः ५ किलो रुद्राक्ष निर्यात भएको छ ।

    १ करोड बढिको अचार निर्यात

    चालु आर्थिक बर्षको पहिलो महिनामा १ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको १२ हजार ९ सय ३ किलो नेपाली अचार विभिन्न मूलुकहरूमा निर्यात भएको छ । गत आर्थिक बर्ष २०७९/८० को साउन महिनामा नेपालबाट २ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको ४६ हजार २५ किलोे अचार विभिन्न मूलुकमा निर्यात भएको थियो । 

    तथ्याङ्क अनुसार साउनमा नेपालबाट विभिन्न चार मूलुकमा अचार निर्यात भएको छ । चालु आर्थिक बर्षमा अस्ट्रेलिया, बेल्जियम, क्यानडा र चीन गरी चार मूलुकमा १ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको नेपाली अचार निर्यात भएको हो । जसमध्ये सबैभन्दा धेरै अचार अस्ट्रेलिया निर्यात भएको छ । साउनमा अस्ट्रेलियामा ८८ लाख ६५ हजार रुपैयाँ बराबरको ९ हजार १ सय १३ किलो अचार निर्यात भएको हो । 

    यस्तै, सबैभन्दा कम चीनमा अचार चीनमा निर्यात भएको पाइएको छ । तथ्याङ्क अनुसार चीनमा १३ हजार रुपैयाँ बराबरको २० किलो नेपाली अचार निर्यात भएको छ । यता बेल्जियममा १९ लाख ४८ हजार रुपैयाँ बराबरको २ हजार ८ सय ९५ किलो र क्यानडामा ९ लाख ५१ हजार रुपैयाँ बराबरको ८ सय ७६ किलो नेपाली अचार निर्यात भएको छ । 

    ७ करोड बढिको मूर्ति निर्यात 

    नेपालले १ महिनामा विभिन्न २० वटा मूलुकहरूमा ७ करोड ४ लाख ४९ हजार रुपैयाँ बराबरको १७ हजार ९ सय ५ किलो मूर्ति निर्यात गरेको छ । तथ्याङ्क अनुसार सबैभन्दा धेरै मूर्ति चीनमा निर्यात भएको छ । साउनमा चीनमा ४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको ११ हजार ३ सय ५२ किलो मूर्ति निर्यात भएको छ । यस्तै, सबैभन्दा कम मलेसिया, नेदरल्याण्ड, स्पेन, क्लोम्बीया र युकेमा भएको छ । साउनमा उक्त ५ मुलुकमा १ लाख भन्दा पनि कम मूल्यको मूर्ति निर्यात भएको हो । 

    एक खर्ब १५ अर्बको व्यापार घाटा

    विभागका अनुसार चालु आवको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ थियो ।

    आयातमा सबैभन्दा बढी डिजेल

    मुलुकको वैदेशिक व्यापारमा मूख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमा समेत प्रमुख आयात हुने वस्तुमा परेको छ । विभागको तथ्याङ्कानुसार एक महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यो आयातमध्यकै बढी हो । त्यस्तै यस अवधिमा पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँको पेट्रोल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

    यस्तो रह्यो पहिलो महिनाको वैदेशिक व्यापार

    आयातः १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार (१.५६ प्रतिशत गिरावट)

    निर्यातः १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार (८.६५ प्रतिशत गिरावट)

    व्यापार घाटाः १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार (०.६६ प्रतिशत गिरावट)

    कुल वैदेशिक व्यापारः १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २६ हजार (२.२८ प्रतिशत गिरावट)

    वैदेशिक व्यापारमा आयातको हिस्साः ९०.५२ (०.७४ प्रतिशत वृद्धि)

    वैदेशिक व्यापारमा निर्यातको हिस्साः ९.४८ (६.५२ प्रतिशत गिरावट)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार