images
images

आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ : अर्थमन्त्री डा. महत

आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ : अर्थमन्त्री डा. महत

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • images
    images
    आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ : अर्थमन्त्री डा. महत

    काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताए । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, “राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।” 

    images
    images

    राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहौँ, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत किन नहोस् सबै क्षेत्रमा प्रविधिले चुनौति थपेको मन्त्री डा. महतले बताए । 

    “हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन”, मन्त्री डा. महतले भने, “म अर्थमन्त्रालयमा पुगेकोपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु । यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ ।” 

    संसदभित्र र बाहिर आधारसहित निर्णयको प्रतिरक्षा गरेको दावी गर्दै उनले भने, “मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्  । सञ्चार जगतले अर्थमन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्षरूपमा चासो, चिन्ता, दुविधा र प्रश्नका लागि म सधैँ खुला छु ।” 

    आफूले राम्रो गर्न खोज्दा खोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सूचना र सबैको सहयोग आवश्यकता पर्ने उनले बताए । “कामका सिलसिलामा लागिरहँदा हाम्रो कुरालाई ध्यान दिएन कि अथवा सुनेनकी भन्ने लाग्यो भने समयमै मलाई जानकारी दिन अनुरोध गर्दछु,” उनले भने, “देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास मैले गरिरहेको छु । पत्रकार जगत, बैङ्किङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु । राज्यबाट पनि तपाईंहरुले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वभाविक हो । त्यसको सहजिकरण हुन्छ ।”  

    उनका अनुसार पर्यटन क्षेत्रमा सुधार भइरहेको छ, विदेशी मुद्राको सञ्चित पर्याप्त छ । आर्थिक गतिविधि अगाडि बढाउनका लागि जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेको उनले बताए । आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने मन्त्री डा. महतको भनाइ छ । 

    उनले भने, “हामीले अनुमान गरेअनुसार राजश्व बढेको छैन, पोहोर सालको तुलनामा वृद्धि भइरहेको छ । आउँदो वर्ष लक्ष्यमा पुगे विश्वास लिएको छु । राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको छ । निजी क्षेत्रको समस्यालाई माइक्रो म्यानेजमेन्ट गर्नेतर्फ लाग्यो भने पनि समस्या आउँछ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार