images
images

आइएमईको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना, प्रत्येक महिना १ लाख नगद पाउन सकिने

आइएमईको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना, प्रत्येक महिना १ लाख नगद पाउन सकिने

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • images
    images
    आइएमईको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना, प्रत्येक महिना १ लाख नगद पाउन सकिने

    काठमाडौँ / आइएमईले ‘आइएमई गरौँ,करोडपति बनौँ‘ योजना सार्वजनिक गरेको छ । 

    images
    images

    नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ,करोडपति बनौँ‘ योजना  सार्वजनिक गरेको हो । 

    यस योजना अन्तर्गात आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै, प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जनाएको हो । 
     
    आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा  रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना असोज २ गते देखि २०८१ भदौ मसान्तसम्म लागु हुने छ । 

    आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् ।  

    साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार