एडिबीको प्रक्षेपण– चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशतले मात्रै बढ्ने

एडिबीको प्रक्षेपण– चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशतले मात्रै बढ्ने

बुधवार, आश्विन ३ २०८०
बुधवार, आश्विन ३ २०८०
  • images
    एडिबीको प्रक्षेपण– चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशतले मात्रै बढ्ने
    images

    काठमाडौँ / एशियाली विकास बैंक (एडिबी)ले सन् चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धि  ४.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

    images
    images

    बुधबार नेपाल अपडेट सार्वजनिक गर्दै गत वर्ष गरिएको आयात कडाई र  मागमा आएको कमीले अपेक्षाकृत आर्थिक वृद्धि नहुने अनुमान एडिबीको छ। आयत कडाईले सरकारको राजस्व परिचालनमा असर गरेको उल्लेख एडिबीले गरेको हो । 

    एडिबीले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशत र सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो । तर, २०२२ मा ५.६ र २०२१ मा ४.८ प्रतिशत आर्थिक वृद्धि भएको थियो।  

    सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। सरकारले राखेको लक्ष्य भन्दा कम आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण छ। तर, माग बढ्न नसकेमा यो लक्ष्य पूर्ति नहुने उल्लेख गरिएको छ। यद्यपि मागमा सुधार आउने अपेक्षा एडिबीको छ। 

    मागमा वृद्धि गर्न सरकार तथा राष्ट्र बैंकले नीतिगत अग्रसरताको सुरुवात गरेका छन्। राष्ट्र बैंकले नीतिगत दर केही घटाएको छ। त्यस्तै पुँजीगत खर्च बढाउन सरकारले नयाँ कार्यनीति लिएको छ। 

    यसै समयमा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै, चालु आर्थिक वर्षमा मूल्य वृद्धि ६.२ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतभित्र मूल्य वृद्धिदर नियन्त्रण गर्ने लक्ष्य राखेको छ।

    साउनमा भने ७.५२ प्रतिशतको मूल्य वृद्धिदर पुगेको छ। मूल्य वृद्धिदरलाई नियन्त्रण गर्नको लागि विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने नीति लिएका छन्। जसको प्रभाव नेपालको मूल्य वृद्धिदरका पर्ने अनुमान छ।

    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार