वेस्टमिन्स्टर कलेजद्वारा ‘आईओटी बुटक्याम्प’ सम्पन्न, पाठ्यक्रमलाई सघाउने विश्वास

वेस्टमिन्स्टर कलेजद्वारा ‘आईओटी बुटक्याम्प’ सम्पन्न, पाठ्यक्रमलाई सघाउने विश्वास

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • images
    images
    वेस्टमिन्स्टर कलेजद्वारा ‘आईओटी बुटक्याम्प’ सम्पन्न, पाठ्यक्रमलाई सघाउने विश्वास

    काठमाडौँ / ललितपुरको कुपण्डोलस्थित ‘द वेष्टमिन्स्टर कलेज’ले तीन दिने इन्टरनेट अफ थिङ्गस् (आईओटी) बुटक्याम्पको आयोजना सम्पन्न गरेको छ । बुधबारबाट कलेज हातामा सुरु भएको क्याम्प शुक्रबार सम्पन्न भएको हो।

    विद्यार्थीहरूको पाठ्यक्रमलाई सघाउ पुर्याउने यस क्याम्पमा १८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरूले पछिल्लो समयमा आईओटीको क्षेत्रमा भएका प्रगति, नयाँ उपकरणहरू तथा तिनको प्रयोग लगायतका विषयबारे जानकारी लिनुको साथै, आफ्नो सिपको पनि विकास गरेका थिए । त्यस्तै, उनीहरूले बिभिन्न प्रोजेक्टहरू पनि बनाएका थिए ।

    हरेक शत्रमा जानकारीमुलक प्रस्तुति, व्यवहारिक अभ्यास तथा सामुहिक छलफल पनि भएको थियो । विद्यार्थीहरूले स्वचालित सडक बत्ति नियन्त्रण, स्मार्ट वाटर मोनिटरिङ, घरमा प्रयोग हुने स्वचालित उपकरणहरू, मौसमको अनुगमन, आईओटीका उपकरणहरू र तिनको प्रयोग, रास्पबेरी पाई लगायतका विषयमा जानकारी लिएका थिए ।
    कलेजका प्रमुख अरूणलाल जोशीले डिजिटल रूपान्तरमा क्याम्पको महत्वबारे प्रकाश पारेका थिए। साथै, उनले प्रविधिको निरन्तर विकसित परिदृष्यमा आईओटीको भूमिका पनि उच्च रहेको बताए। उनले भने, ‘आईओटीले भविष्यको डिजिटल परिदृष्यलाई ड्राइभ गर्ने उदयीमान प्रविधिको महत्वपूर्ण पक्षलाई प्रतिनिधित्व गर्दछ । हाम्रा विद्यार्थीहरूलाई आईटी क्षेत्रको भविष्यको लागि तयार पार्न यस्ता बुटक्याम्पहरू महत्वपूर्ण छन् ।’

    वेस्टमिन्स्टर कलेजले बेलायतको लण्डनस्थित वेस्टमिन्स्टर विश्वविद्यालयको सम्बन्धमा बीएससी (हन्स) कम्प्युटर साइन्स र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिकका दुई विषयमा पठनपाठन गरिरहेको छ । यस्ता बुटक्याम्पहरूले कलेजको शिक्षण तथा सिकाई पद्धत्तिलाई बढावा दिएको जोशीको भनाई छ ।
    क्याम्पमा सहभागी विद्यार्थीहरूलाई कलेज प्रमाणपत्र समेत प्रदान गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार