चर्चित समाचार
  • निक्षेप तथा कर्जा सुरक्षण कोष ५०औं वर्षमा, विभिन्न कार्यक्रम गरी मनायो स्थापना दिवस

    निक्षेप तथा कर्जा सुरक्षण कोष ५०औं वर्षमा, विभिन्न कार्यक्रम गरी मनायो स्थापना दिवस

    शुक्रवार, असोज ५ २०८०
    शुक्रवार, असोज ५ २०८०
  • निक्षेप तथा कर्जा सुरक्षण कोष ५०औं वर्षमा, विभिन्न कार्यक्रम गरी मनायो स्थापना दिवस

    काठमाडौँ / निक्षेप तथा कर्जा सुरक्षण कोषले असोज ४ गते बिहीबार वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा कोषले साताव्यापी कार्यक्रम पनि भव्य रुपमा सम्पन्न गरेको थियो । 

    कोष स्थापनाको ५० वर्षमा प्रवेश गरेको अवसरमा होटेल याक एण्ड यति काठमाडौंमा स्वर्ण महोत्सव कार्यक्रम आयोजना गरी मनाएको छ । माननीय अर्थमन्त्री डा. प्रकाशरण महतको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रमलाई राजश्व सचिव एवं कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरेले अध्यक्षता गरेका थिए । 

    नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समेत सो कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित थिए ।

    कार्यक्रममा कोष सञ्चालक समितिका पूर्व तथा वर्तमान सदस्यहरु, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरु, विभिन्न सार्वजनिक संस्थानका प्रमुख कार्यकारी अधिकृतहरु, बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष तथा पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरु, विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता विकास साझेदार संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । 

    स्जिीटीएमएसइ इन्डियाका प्रमुख कार्यकारी अधिकृत सन्दीप वर्मा कोषको स्वर्ण महोत्सव कार्यक्रममा विदेशी अतिथिको रुपमा सहभागी थिए । अक्षरा स्कूलका साना भाइबहिनीहरुले कोषको प्रबद्र्धनात्मक गीतमा गरेको मनमोहक नृत्यबाट शुरु भएको कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषको ५० वर्षे यात्रामा कोषले हासिल गरेका उपलब्धीहरुको बारे छोटकरीमा चर्चा गर्नु भएको थियो । 

    यसका साथै, कोषको समग्र संस्थागत क्षमतालाई सुदृढीकरण गर्दै कोषको प्रतिस्पर्धात्मक क्षमता सुधारका सम्बन्धमा भावि योजनाहरु समेत प्रस्तुत गरेको थियो । उक्त कार्यक्रममा नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल के.सी.ले शुभकामना मन्तव्य राख्दैै ५० वर्षको ऐतिहासिक उपलब्धीको लागि कोष परिवारलाई बधाई दिए । 

    उनले देशको समग्र बैंक तथा वित्तीय क्षेत्र विकासको लागि बैंकर्स एशोसिएसन कोषसँग हातेमालो गर्दै अघि बढ्न सँधै तत्पर रहेको बताए । कोषको विभिन्न सुरक्षण कार्यक्रमहरु अन्तर्गत बैंक तथा वित्तीय संस्थाले तिर्नु पर्ने अहिलेको समदर शुल्कलाई जोखिममा आधारित फरकदर प्रणालीमा लैजान सुझाव दिँदैसस्टेनेबल फिनान्स र ग्रिन फिनान्स जस्ता क्षेत्रलाई समेत समावेश गरी कर्जा सुरक्षण कार्यक्रमको दायरा विस्तार गर्न कोषको ध्यानाकर्षण गरे ।

    माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै उनले सरकारले ल्याएका अगुवा कृषक योजना, बैदेशिक रोजगार कर्जा, सहुलियतपूर्ण कर्जा जस्ता कार्यक्रमहरु कार्यान्वयन गर्न कोषले महत्वपूर्ण भूमिका खेलेको कुरा समेत बताए । 

    कोषले ५० बर्षको दौरानमा आफ्नो कार्यक्षेत्र बढाउदै लगेको बताउदै साना निक्षेपकर्ताको सानो सानो कमाईको रकमको सुरक्षणको प्रत्याभूति जस्ता कोषका कार्यको सराहना गरे । लगानीसँगै जोखिम उत्पन्न हुने हुनाले लगानी विस्तारका लागि जोखिम व्यवस्थापन अत्यावश्यक रहने र कर्जा लगानीको जोखिमलाई न्यूनीकरण गर्न सहयोग गरी कोषले वित्तीय पहुँच विस्तारमा खेलेको भूमिकाको प्रंशसा गरे ।

    ठूला उद्योग धन्दाले भन्दा पनि साना तथा मझौला उद्यम व्यवसायहरुले रोजगारी सृजनामा उल्लेखनीय भूमिका खेल्ने हुनाले यस क्षेत्रको विकास र विस्तारमा बैंक तथा वित्तीय क्षेत्र लगायत सरोकारवाला सबैले ध्यान दिनु पर्ने कुरा बताए । कोष आयकरको हिसावमा सार्वजनिक संस्थानमध्ये पाँचौ स्थानमा रहनु राम्रो भएको बताउदै व्यवसायिकताको आधारमा कार्य गर्न सके सरकार र अर्थ मन्त्रालयको सधैं सहयोग रहने उनले बताए ।

    त्यसै गरी आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले २०३१ सालमा कोषको स्थापना देखि वर्ण मह वार्षिकोत्सवको यो विन्दुसम्म नेपाल राष्ट्र बैंक र कोषबीचको सम्बन्धका बारेमा चर्चा गरे । निक्षेप सुरक्षण प्रदायक संस्थाहरुको पूजीकोषको बारेमा बोल्दै कोषले बहन गरेको जोखिमभार बमोजिम कोषको पूजीं निकै कम रहेको हुदा पूँजी बृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । 

    वित्तीय क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्न निक्षेप सुरक्षण कार्यक्रमको र विपन्न वर्ग, पिछडिएको क्षेत्र तथा उद्यमशीलताको विकास गर्ने क्षेत्रमा कर्जा लगानी विस्तार गर्नको लागि कर्जा सुरक्षण कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको बताउँदै कोषको संस्थागत र वित्तीय क्षमता अभिवृद्धि तर्फ विशेष जोड् दिनु पर्ने सुझाव व्यक्त गरे ।

    कार्यक्रममा कोषको स्थापना र कर्जा सुरक्षण कार्यक्रमलाई संस्थागत गर्न उल्लेखनीय भूमिका निभाउनु भएका सञ्चालक समितिका प्रथम अध्यक्ष स्व. कुमारदाश श्रेष्ठ र प्रथम प्रहाप्रबन्धक स्व. बिजयराम माथेमालाई मरणोपरान्त सम्मान–पत्र प्रदान गरिएको थियो । त्यसै गरी निक्षेप सुरक्षण लागू गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाउनु भएका पूर्व अध्यक्ष भाष्करमणि ज्ञवाली र पूर्व महाप्रबन्धक चन्द्रमान मलेकुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

    यसका साथै निक्षेप तथा कर्जा सुरक्षण कोषको ऐन तर्जुमा गर्ने कार्यमा महत्वपूर्ण जिम्मेवारी निभाउनु भएका पूर्व अध्यक्ष निर्मलहरि अधिकारी र पूर्व प्रमुख कार्यकारी अधिकृत डा. दण्डपाणि पौडेललाई समेत सम्मान–पत्र वितरण गरिएको थियो ।

    कोषमा सबै भन्दा बढी निक्षेप सुरक्षण गराउने तीन वटा संस्थाहरु राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक र एनआइसी एशिया बैंक तथा सबै भन्दा बढी कर्जा सुरक्षण गराउने तीन वटा संस्थाहरु डिप्रोक्स लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था र सिटजन्स् बैंकलाई प्रंशसापत्र प्रदान गरिएको थियो । 

    यस अवसरमा कोषमा लामो समय सेवा गर्नु भएका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मानपत्र समेत वितरण गरिएको थियो । त्यस्तै गरी कोषमा गत आ.व. को कार्यसम्पादनको आधारमा छनोट गरिएका एक सर्वोत्कृष्ठ र दुई उत्कृष्ठ कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा समापन मन्तव्य राख्नु हुँदै राजश्व सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरेले कोषलाई यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई साधुवाद र कृतज्ञता व्यक्त गरे । 

    कोषले ५० वर्षको अवधिमा धेरै कुरा हासिल गरेको बताउनु हुँदै त्यो विकास दिगो हुनु पर्ने र त्यसका लागि कोषले आफ्नो समग्र संस्थागत क्षमतालाई अभिवृद्धि गर्नु पर्ने बताए । कोषले सञ्चालन गर्ने कार्यक्रमहरु प्रभावकारी, व्यवसायिक, समतामूलक र दिगो हुनु पर्ने कुरामा उनले जोड दिंदै कोषले गर्ने कार्यहरु दिगो छ कि छैन विश्लेषण गरी दिगो सेवा विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिए । 

    साथै, कर्मचारीहरुलाई उत्प्रेरित गर्न कोषको संचालक समिति सँधै तत्पर रहेको अभिव्यक्तिका साथ स्वर्ण महोत्सव समारोहमा भौतिक तथा भर्चुअल माध्यमद्वारा उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद र आभार प्रकट गर्दै वहाँले कार्यक्रम समापन भएको घोषणा गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार