images
images

९ महिनामा ६ लाख ९२ हजार पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

९ महिनामा ६ लाख ९२ हजार पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

९ महिनासम्म ६ लाख ९२ हजार ३७२ पर्यटक नेपाल भित्रिएका छन् जुन कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९०.९८ प्रतिशतको रिकभरी हो ।

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    ९ महिनामा ६ लाख ९२ हजार पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

    काठमाडौँ / पर्यटन सिजन सुरु भएसँगै सन् २०२३ को ९ महिनामा करिब ७ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

    images
    images

    नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म ६ लाख ९२ हजार ३७२ पर्यटक नेपाल भित्रिएका छन् । यो कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९०.९८ प्रतिशतको रिकभरी हो । 

    तथ्याङ्कअनुसार सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उस्तै, अगष्ट महिनामा ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने जुलाई महिनामा ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका थिए । 

    बोर्डका अनुसार  पछिल्लो सेप्टेम्बर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । सेप्टेम्बरमा भित्रिएका कूल पर्यटकहरूमध्ये भारततर्फबाट २८ हजार ६९४ जना भित्रिएका छन्

    यस्तै, उत्तरतर्फ चीनबाट ८ हजार १७४ जना, अमेरिकाबाट ७ हजार ३६४ जना, बंगलादेशबाट ३ हजार ७१६ जना, अस्ट्रेलियाबाट ३ हजार ६८५ जना, बेलायतबाट ३ हजार ६४० जना भित्रिएका छन् । 

    यसैगरी जर्मनीबाट २ हजार ८५२ जना भित्रिएकामा सोही समयमा यता साउथ कोरियाबाट २ हजार १८ जना र इजरायलबाट १ हजार ७३४ जना भित्रिएको बोर्डले जनाएको छ । 

    यो तथ्याङ्क हवाई मार्ग हुँदै आउनेहरूको मात्र हो । स्थल मार्ग (सडक यातायात) मार्फत आउने पर्यटकहरूको सङ्ख्या यसको दोब्बर हुने बोर्डको भनाइ छ ।  

    सन् २०२३–२०३३ पर्यटन दशक घोषणा गरेको सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सिजन–अफ सिजन गरी ९ महिनामा करिब ७ लाख पर्यटक भित्रिएकोमा बाँकी ३ महिना राम्रो सिजन भएकाले सरकारी लक्ष्य पूरा हुने पर्यटन बोर्डको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार