images
images

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, राति १२ बजेबाट लागू हुने

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, राति १२ बजेबाट लागू हुने

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, राति १२ बजेबाट लागू हुने

    काठमाडौँ / नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ ।निगमले हिजो राती बढाएको पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य वृद्धि फिर्ता लिएको हो । 

    images
    images

    आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम पहिलेकै अवस्थामा मूल्य घटाएको जनाइएको छ । असोज १४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यबृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

    आइतबार बिहान आफूसँग सल्लाह नगरी इन्धनको मूल्य वृद्धि गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आयल निगमसँग असन्तुष्टि जनाएका थिए । सोही असन्तुष्टिकै बीच प्रधानमन्त्री प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका थिए ।

    निगमको यो पछिल्लो निर्णयसँगै आइतबार दिनभर उपभोक्ताले वृद्धि भएकै मूल्यमा पेट्रोल, मट्टीतेल, डिजेल र ग्याँस खरिद गर्नुपर्ने छ ।

    निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

    हेर्नुहोस् निगमको विज्ञप्तिः

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार