images
images

अनलाइन टिकटमा सरकारको कमजोरी, कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट !

अनलाइन टिकटमा सरकारको कमजोरी, कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट !

सुरक्षाका लागि पहिलो पटक ड्रोन प्रयोग गर्दै प्रहरी

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • images
    images
    अनलाइन टिकटमा सरकारको कमजोरी, कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट !

    काठमाडौँ / दशैँमा घर जाने यात्रुका लागि आज (सोमबार) देखि अग्रिम टिकट बुकिङ शुरु भएको छ । सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ शुरु भएको हो । 

    images
    images

    काठमाडौँसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर, यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् ।

    त्यस्तै कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट काट्न बाध्य बनाइएको उनीहरुले गुनासो छ । उनीहरुले सम्बन्धित जिल्लाका सांसदहरुले यस विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए । उनीहरुले जिल्लावाइज टिकट काउण्टर राख्न सुझाव दिएका छन् ।

    त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको बताए । उनले काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको बताए । 

    विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको जानकारी दिए । उनले यस पटक सुरक्षाका लगि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने बताए ।

    ‘यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । काठमाडौं जिल्लाका लागि मात्रै यसअन्तर्गत हामीले १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ । 

    आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन सुरक्षा प्रदान गर्न र थप जनशक्तिसहित विभिन्न टेक्नोलोजी तयार गरेका छौँ । सिसिटिभी र ड्रोन लगायत हामीले काठमाडौं उपत्यकामा प्रयोग गर्ने क्रममा छाैँ, ड्रोनबाट भीडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौँ’, उनले भने ।

    त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै यात्रुहरु लाइनमा बसेर अग्रिम टिकट काट्न आएको बताए । उनले बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज रहको भन्दै सरकारले सडक स्तरोन्नति गर्नुपर्ने जानकारी दिए । सडक नबनाए समयमा सवारीसाधन नआइपुग्ने र अग्रिम टिकट बुकिङ खुलाएको औचित्य नहुने बताए ।

    ‘यात्रुहरु विहान ४ बजेदेखि नै लाइनमा हुनुहुन्छ । ६ बजेदेखि हामीले अग्रिम बुकिङ खुलाएका छौँ । यात्रुहरुले आफू जानुपर्ने स्थानको टिकट काट्न शुरु भइसकेको छ । बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज छ । समयमा सवारीसाधन आइपुग्दैन । अग्रिम टिकट दिएको अर्थ हुँदैन । सरकारले सडक स्तरोन्नति गर्नैपर्छ । अग्रिम टिकट दिनु भनेर मात्रै हुँदैन । परिचय पत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्नुहोला । सडक राम्रो भए उहाँहरुलाई व्यवस्थित ढंगबाट गन्तव्यमा लैजान्छाैँ’, उनले भने ।

    चाडबाडको बेलामा यात्रुहरुलाई ठग्न सक्ने भन्दै परिचय पत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्न आग्रह गरे । हरेक वर्ष दशैँ, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । विशेष गरी संघीय राजधानी काठमाडौंबाट आ–आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिने गर्दछन् । दशैँ तिहार मनाउन यस पटक करिव १६ लाख मानिसहरुले काठमाडौं छोड्ने अनुमान छ ।

    कहाँ जान कति भाडा ?

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार