images
images

काठमाडौँ महानगरको स्वर्णिम योजना : हरेक वर्ष पाँच हजारलाई रोजगारी, १५ हजारलाई सीपमूलक तालिम

काठमाडौँ महानगरको स्वर्णिम योजना : हरेक वर्ष पाँच हजारलाई रोजगारी, १५ हजारलाई सीपमूलक तालिम

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • काठमाडौँ महानगरको स्वर्णिम योजना : हरेक वर्ष पाँच हजारलाई रोजगारी, १५ हजारलाई सीपमूलक तालिम

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको छ । 

    images
    images

    महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न  वर्षेनी कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र यीमध्ये पाँच हजारलाई रोजगारी दिने जानकारी दिएका हुन्। शाहले बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी तथा आय वृद्धि योजना ल्याइएको बताएका छन्।

    ‘रोजगारी र आयवृद्धि काठमाडौँको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंक मार्फत काम गर्ने बताएका हुन् । ‘महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंक को स्थापना गरेर रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंकका योजना अन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याएको बालेनले बताएका छन् ।

    महानगरपालिकाका अनुसार महानगरका स्थायी बासिन्दा, महानगर का करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आबद्ध हुन सक्नेछन् ।

    बालेनले भनेका छन्, ‘महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरी रोजगारी र आय वृद्धि काठमाण्डौको संवृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालन मा ल्याएको छ। हरेक बर्ष कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा ५ हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आय वृद्धि काठमाडौँको संवृद्धि गौरव योजना ल्याइएको हो।’


    चालु आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँ महानगरपालिकाले महानगर गौरवको आयोजना, स्वर्णिम आयोजना र वडा तथा महानगरपालिका मार्फत हुने अन्य योजना छुट्टाएको थियो । बेरोजगार जनशक्तीहरुलाई श्रम बैंकमा आबद्ध गरेर आवश्यक स्थानमा परिचालन गर्ने महानगरको स्वर्णिम योजना हो ।

    श्रम बैंकमा सूचीकृत जनशक्ति कसरी हुन्छ परिचालन ? 

    मेयर बालेनले भिडियो सन्देशमा सोही कुरालाई उल्लेख गर्दै श्रम बैंकमा आवद्ध भएका जनशक्तिलाई ३ क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने बताएका छन् ।

    महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाइ, सामाजिक विकास लगायतका क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन गर्ने पहिलो क्षेत्र रहेको बालेनले बताएका छन् । यस्तै महानगरको ‘जब पोर्टल’ मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु परिचालन गर्ने महानगरको तयारी छ ।

    जनशक्ति व्यवस्थापनका लागि अर्को क्षेत्र महानगरको श्रम बैंक एप मार्फत आंशिक समय नोकरीकोे रुपमा सबै सेवा घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने मेयर बालेनले बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको स्ट्याटस जस्ताको त्यस्तै, 

    काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याएको छ। हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको हो भने महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र  रोजगारदाताहरू लाइ सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित  श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याइएको हो  । महानगर का स्थायी बासिन्दा ,महानगर का करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिक हरु श्रम बैंक मा आबद्द हुन सक्नुहुनेछ । 
    १. श्रम बैंक मा आबद्द भएका दक्ष कामदार हरु लाइ अन्तर्वार्ता तयारिका साथ सोझै काम मा लगाउने
    २. अर्धदक्ष जनशक्ति लाइ skill upgrade का लागि तालिम दिई काम मा लगाउने 
    ३. अदक्ष कामदार हरुलाइ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने
     महानगर को उद्देश्य रहेको छ। 
    श्रम बैंक मा आबद्द जनशक्तिलाई तपशिलका ३ स्थानहरुमा व्यवस्थापन गरिने छ। 
    १) महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन 
    २) महानगर job portal मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्था हरु 
    ३) महानगरको श्रम बैंक एप मार्फत part time job को रुपमा सबै सेवा हरु घण्टाका आधारमा तथा पटके का रुपमा जुन सुकै काम हरु गर्न मिल्ने व्यवस्था मिलाइने छ। 
    सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिनेछ। 
    गौरब को योजना मार्फत विभिन्न १५ स्थान हरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टर को स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम संचालन गरिने छ। सो का लागि महानगर ले बजार मुखी syllabus निर्माण को समेत काम गरिरहेको छ। 
    निजि क्षेत्र, सरकारी , गैरसरकारी क्षेत्र,उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्र को आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको छ। 
    श्रम बैंक मा आबद्ध हुन का लागि तलको लिंक वा क्यु आर मा क्लिक गरि फारम भरि आबेदन दिन सक्नुहुनेछ। 
    https://t.ly/J-zuW
    सिप बिकास तालिम लिनका लागि तलको लिंक मा क्लिक गर्नुहोस 
    https://t.ly/EfDJw
    वा काठमाडौ महानगरपलिका कार्यलय तथा वडा कार्यलयहरु मा सम्पर्क राखेर फोर्म भर्न सक्नु हुनेछ ।
    साथै महानगर भित्र संचालित विभिन्न जब एजेन्सी हरु र तालिम प्रदायक संस्था हरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिनेछ। महानगर ले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित handyman जस्तै  श्रम बैंक एप को open api हाल  संचालन मा रहेका  अन्य निजि कम्पनिका सोहि प्रकृतिका एप हरु लाइ निशुल्क उपलब्ध गराइनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार