images
images

ग्लोबल आइएमई बैंकको बडा दशैंमा डिजिटल कारोबार गर्दा पाइनेछ छुटैछुट तथा क्यासब्याक

ग्लोबल आइएमई बैंकको बडा दशैंमा डिजिटल कारोबार गर्दा पाइनेछ छुटैछुट तथा क्यासब्याक

शनिवार, असोज २७ २०८०
शनिवार, असोज २७ २०८०
  • images
    images
    ग्लोबल आइएमई बैंकको बडा दशैंमा डिजिटल कारोबार गर्दा पाइनेछ छुटैछुट तथा क्यासब्याक

    काठमाडौँ/  ग्लोबल आइएमई बैंकले बडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । 

    images
    images


    बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पिओएस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता दिइनेछ ।

    नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले योजना अवधिभर कम्तिमा रु. १००० को ३ वटा कारोबार गर्दा रु. ३०० तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गर्दा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुनसक्नेछन् । 


    यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कात्र्तिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म लागू हुने बैंकले जनाएको छ । 
    साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । 
    यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘म्ब्क्ज्ब्क्ष्ल्’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनेछन् । 


    योजना असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कात्र्तिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ । 


    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 
    बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार