images
images

इजरायलमा रहेका नेपालीलाई नेपाली राजदूतावासले दियो ६ सुझाव

इजरायलमा रहेका नेपालीलाई नेपाली राजदूतावासले दियो ६ सुझाव

शनिवार, असोज २७ २०८०
शनिवार, असोज २७ २०८०
  • इजरायलमा रहेका नेपालीलाई नेपाली राजदूतावासले दियो ६ सुझाव

    काठमाडौँ / इनजरायलको गाजा क्षेत्रमा इजरायल र हमासबीच शनिबारदेखि युद्ध जारी छ । यसैबिच  इजरायलमा तेल अविव स्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । 

    images
    images

    आज ६ बुँदे सुझाव सार्वजनिक गर्दै दूतावासले स्थिति सामान्य नबनेसम्म बाहिर ननिस्कन र आफू रहेको क्षेत्र असुरक्षित बन्दै गएको अवस्थामा रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न सुझाव दिएको हो । 

    यस्तो त नेपाली राजदूतावासको ६ बुँदे सुझाव 

    १. स्थिति सामान्य नबन्दासम्म घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरिन्छ।

    २. पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले  यदि तपाइँ रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला।

    ३. स्वदेश फर्कन चाहनेहरुले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य रूपमा भर्नुहोला। निश्चित रोजगारदाता नभएका नेपाली नागरिकहरूले पनि उल्लेखित अनलाइन फर्म भर्नुहोला।

    ५. सुरक्षित आश्रय स्थल नभएकाहरूले दूतावासमा जानकारी गराउनुहोला।

    ६. नेपाल सरकारका साथै इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्दै दूतावासको सम्पर्कमा रहनुहोला। अहिले दूतावासमा कामको चाप अत्यन्तै धेरै रहेको तथा एकैपटक कैयौं फोन तथा मेसेजहरू आइरहने भएकोले पहिलो प्रयासमै फोन सम्पर्क नहुन सक्दछ त्यसका लागि क्षमा प्रार्थी छौँ। यसरी दूतावासमा सीधा सम्पर्क स्थापित हुन नसकेको अवस्थामा अन्य मित्र तथा विभिन्न संघ संस्था समेतको सहयोग लिनुहोला।

    शनिबार बिहान भएको हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका १० जना नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । त्यस्तै, एक जना भने वेपत्ता रहेका छन् । हमासको आक्रमणपछि अलपत्र परेका २५४ जना नेपाली विद्यार्थीहरूलाई सरकारले उद्दार गरेर नेपाल ल्याइसकेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार