images
images

दुई महिनाको वैदेशिक व्यापार : आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?

दुई महिनाको वैदेशिक व्यापार : आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?

दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशत र आयात ५.१ प्रतिशतले कमी आएको छ ।

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • दुई महिनाको वैदेशिक व्यापार : आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्षको दुई महिना अर्थात भदौँसम्ममा विदेशी वस्तुको आयातसँगै नेपालबाट हुने वस्तु तथा सामानको निर्यातमा पनि कमी आएको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशत र आयात ५.१ प्रतिशतले कमी आएको हो । 

    आर्थिक वर्षको दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई २६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो ।

    गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १५.६ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३३८.५ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ । 

    वस्तुगत आधारमा जिंक शिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात घटेको छ ।

    यस्तै, दुई महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आई २ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले कमी आएको थियो ।

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.२ प्रतिशत र २१.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५.४ प्रतिशतले वृद्घि भएको छ ।

    वस्तुगत आधारमा एम.एस. तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युत्तीय उपकरण, लत्ताकपडा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

    निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

    यता, आर्थिक वर्ष को दुई महिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

    समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३२ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ अर्ब २३ करोड रुपैयाँ बराबरको भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार