images
images

कुमारी बैंकको ऋणपत्रमा आवेदन खुल्यो, वार्षिक ब्याजदर कति ?

कुमारी बैंकको ऋणपत्रमा आवेदन खुल्यो, वार्षिक ब्याजदर कति ?

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • कुमारी बैंकको ऋणपत्रमा आवेदन खुल्यो, वार्षिक ब्याजदर कति ?

    काठमाडौँ / कुमारी बैंकको ऋणपत्र आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा '१० प्रतिशत केबिएल डिबेन्चर २०९०' निष्कासन गरेको हो।

    images
    images

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।सोमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। 

    सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। 

    उक्त ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेदन दिन सकिन्छ उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि कात्तिक १६ गतेसम्म लम्बिनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट निर्माण गरिएको 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

    इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी' प्रदान गरेको छ। उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार