काठमाडौँ / प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी ओलीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उहाँहरुबीच सिंहदरबारमा करिब एक घण्टादेखि जारी छलफलमा समसामयिक राजनीति विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे पनि छलफल भएको बताइएको छ।

.gif)
.gif)
.gif)



