images
images

हमासले सार्वजनिक गर्यो तीन महिला बन्धकहरूको भिडियो, इजरायलले भन्यो-आगामी दिनमा अझै कठिन हुनेछ

हमासले सार्वजनिक गर्यो तीन महिला बन्धकहरूको भिडियो, इजरायलले भन्यो-आगामी दिनमा अझै कठिन हुनेछ

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • हमासले सार्वजनिक गर्यो तीन महिला बन्धकहरूको भिडियो, इजरायलले भन्यो-आगामी दिनमा अझै कठिन हुनेछ

    हमास र इजरायलबीच भीषण युद्ध जारी छ। गाजा पट्टीमा आधारित हमास आतङ्ककारी समूहले अक्टोबर ७ मा इजरायलमा पवित्र पर्वका दिन पाँच हजार रकेट प्रहार गरेको थियो । त्यसपछि दुवैबीच युद्ध सुरु भयो । हमासको अस्तित्व समाप्त गर्ने उद्देश्यले इजरायलले पनि गाजा पट्टीमा भारी मात्रामा रकेट प्रहार गरेको थियो । यो युद्धको परिणाम दुवै पक्षबाट ठूलो संख्यामा मृत्यु भयो।

    हमासले अक्टोबर ७ मा गरेको कदमको विश्वभर आलोचना भएको थियो । यस अवधिमा हमासका आतंककारीहरूले गाजाको सिमानामा लगाइएको तारबार तोडेर इजरायलका सहरहरूमा घुसपैठ गरेका थिए। यस क्रममा धेरैलाई बन्धक बनाएको थियो, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । हमासले अहिले बन्धक बनाएका मानिसहरूको साहारा लिइरहेको छ । हमासले समय-समयमा बन्धकहरूको भिडियो सार्वजनिक गर्दै आएको छ। यसबाट हमासले भिडियोमार्फत इजरायली सेनालाई दबाब दिने प्रयास गरिरहेको स्पष्ट छ ।

    हमासले सोमबार एक भिडियो सार्वजनिक गर्दै अक्टोबर ७ मा भएको आक्रमणका क्रममा २३० भन्दा बढी व्यक्तिहरूमध्ये तीन जना महिलालाई लडाकूहरूले अपहरण गरी गाजा लगिएको भनेका बताएको छ । जसमा अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणका क्रममा बन्धक बनाइएका तीनजना महिलालाई देखाइएको छ । 

    प्यालेस्टिनी इस्लामिक समूहले ७६ सेकेन्डको भिडियोमा ती महिलालाई ‘यहुदी बन्दी’ को संज्ञा दिएको छ तर उनीहरूको पहिचान तत्काल पुष्टि गर्न सम्भव छैन । सेतो टाइलको भित्तामा प्लास्टिकको कुर्सीमा बसेकी एक महिलाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सबै बन्दीहरूको रिहाईका लागि कैदी आदानप्रदानमा सहमत हुन आग्रह गरेकी छिन् । 

    Screenshot 2023-10-31 104448.jpg

    हिब्रु भाषामा बोल्दा तिनी साह्रै आक्रोशित भएकी देख्न सकिन्छ र अन्तमा उनी रून्छिन् । तर तिनको दुवैतिर बसिरहेका अरु दुई जना चुपचाप बसेका देख्न सकिन्छ । हमासका सयौं बन्दुकधारीले सीमा पार गरी दक्षिणी इजरायलमा प्रवेश गरी किबुट्ज समुदाय, शहर र सैन्य अखडामा आक्रमण गरेपछि बन्धक बनाइएका थिए ।

    तिनीहरूको उमेर ८० वषको हाराहारीमा रहेको अनुमान गरिएको छ । हमासले घेराबन्दी गरेको क्षेत्रमा निर्माण गरेको भूमिगत सुरुङको विशाल सञ्जालमा उनीहरूलाई राखिएको अधिकारीहरूले विश्वास गरेका छन् ।

    यसैबीच, हमासको आक्रमणमा बन्धक बनाइएका एक महिला सैनिकलाई गाजामा आफ्नो भूमिगत अपरेशनका क्रममा रिहा गरिएको इजरायलले जनाएको छ । इजरायल–हमास युद्धबारे इजरायली सरकारका प्रवक्ता एलोन लेवीले आगामी दिनहरू झनै कठिन हुने बताएका छन् । 

    हमासका अनुसार इजरायली आक्रमणमा करिब ५० बन्धक मारिएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा ८ हजार ३ सयभन्दा बढी मानिस मारिएका छन्, जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका छन्। 

    अधिकारीहरूले बन्धकहरूलाई हमासद्वारा निर्मित सुरुङहरूको विशाल भूमिगत नेटवर्कमा राखिएको विश्वास गर्छन्। कतार र इजिप्टको मध्यस्थतामा दुई अमेरिकी नागरिकसहित चारजना महिलालाई रिहा गरिएको थियो । गत हप्ता रिहा भएकी ८५ वर्षीय योचेभ लिफसिट्जले अपहरणपछि सुरुङको जालबाट लगिएको बताइन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार