images
images

विदेशी पर्यटकको आगमन उत्साहजनक, एक महिनामै भित्रिए १ लाख १७ हजार

विदेशी पर्यटकको आगमन उत्साहजनक, एक महिनामै भित्रिए १ लाख १७ हजार

बुधवार, कार्तिक १५ २०८०
बुधवार, कार्तिक १५ २०८०
  • विदेशी पर्यटकको आगमन उत्साहजनक, एक महिनामै भित्रिए १ लाख १७ हजार

    काठमाडौँ / नेपालमा विदेशी पर्यटकको आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको जनाएको हो । 

    images
    images

    यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो । गत वर्ष अक्टोबरमा ५२ हजार १२१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यस बर्ष अक्टोबरमा भित्रिएको पर्यटकको संख्या गत बर्षको सोहि अवधीको तुलनामा ६५ हजारभन्दा बढी हो। 

    बोर्डको अनुसार यस अघि सन् २०१९ को अक्टोबरमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका थिए । उक्त समयमा १ लाख १३ हजार संख्यामा पर्यटकको आगमनसंगैनयाँ रेकर्ड बनेका थियो । उक्त रेकर्ड यस वर्ष तोडिएको हो । सिजन सुरुभएसँगै पर्यटक आगमन कोभिडअघिको बेलामा भन्दा पनि बढेको छ। यसपालि अक्टोबरमा नेपाल आएका पर्यटकको संख्या २०१९ को अक्टोबरमा भन्दा साढे ६ हजार बढी हो।

    यस्तै, सन् २०२० को अक्टोबरमा १ हजार ८३१ र २०२१ १५को अक्टोबरमा  हजार ७१५ विदेशी पर्यटक नेपाल आएका थिए। बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अक्टोबरमा भारतबाट सबैभन्दा धेरै १८ हजार ४८० पर्यटक आएका छन्। धेरै पर्यटक नेपाल आउने देशको सूचीमा अमेरिका दोस्रो नम्बरमा छ। अमेरिकाबाट अक्टोबरमा १४ हजार ८७९ पर्यटक नेपाल आएका छन्।

    यस्तै, बेलायतबाट ८ हजार २१७ र चीनबाट ६ हजार ८८० पर्यटक आएको बोर्डले जनाएको छ । नेपालमा धेरै पर्यटक आउने देशको सूचीमा अष्ट्रेलिया पाँचौं नम्बरमा छ। त्यहाँबाट ६ हजार ७५ पर्यटक नेपाल आएका छन्। त्यसैगरी जर्मनीबाट ५ हजार ९१६ पर्यटक, फ्रान्सबाट ५ हजार २७१ पर्यटक, बंगलादेशबाट ४ हजार २९२ पर्यटक, श्रीलंकाबाट २ हजार ५०७ पर्यटक र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।

    यसवर्ष १० महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ८ लाख नाघेको छ। यो अवधिमा ८ लाख ९ हजार ६७८ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ। यो संख्या सन् २०१९ को १० महिनाको तुलनामा १०६ प्रतिशतले बढी हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार