काठमाडौँ / पञ्चकन्या ग्रुपले ५१ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
कम्पनीले आज (कार्तिक १७ गते) काठमाडौँ मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
उक्त शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यव्रिmया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाँच गरिएको थियो ।
उक्त शिविरबाट २९४ जनाले लाभ लिएका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यव्रmमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको र ग्रुपले यसप्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राखेको छ ।