images
images

एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल, योजनाको अवधि ७ वर्ष

एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल, योजनाको अवधि ७ वर्ष

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल, योजनाको अवधि ७ वर्ष

    काठमाडौँ / एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया ग्रोथ फन्ड–२’का इकाइहरु आउँदो मंसिर ४ गतेबाट बिक्री खुला गरिने भएको छ। 

    यो योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिने भएको हो। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड रुपैयाँबराबरको इकाइ निष्कासन गरिनेछ। 

    योजना व्यवस्था एनआईसी एसिया क्यापिटलका अनुसार कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाइ अर्थात १५ करोड रुपैयाँ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्री खुला गरिनेछ। 

    यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ। 

    लगानीकर्ताले यस योजनामा आउँदो मंसिर ७ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। यो अवधिसम्म मागबमोजिम खरिद आवेदन नपरेको खण्डमा निष्कासन अवधि मंसिर १८ गतेसम्म लम्बिन सक्नेछ। एनआईसी एसिया ग्रोथ फन्ड–२ बन्दमुखी योजना हो। यो योजनाको अवधि ७ वर्ष रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार