images
images

महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । 

    images
    images

    बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. १० लाख सहयोग रकम प्रदान गरेको हो ।

    शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । 

    महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाश शरण महतलाई उक्त रकम बाराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार