images
Logo
images
images
images

नेप्सेमा दोहोरो अङ्कको सुधार : एक अर्ब आठ करोड बढिको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

नेप्सेमा दोहोरो अङ्कको सुधार : एक अर्ब आठ करोड बढिको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • images
    images
    नेप्सेमा दोहोरो अङ्कको सुधार : एक अर्ब आठ करोड बढिको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो । 

    images
    images

    आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ बराबरको कारोबार भएको छ ।

    म्युचुअल समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव ४९ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशतले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    सबैभन्दा धेरै घट्नेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव १५ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १० करोड ७६ लाख तीन हजार नौ सय ८३ बराबरको कारोबार भएको छ । 

    कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर आठ लाख ५० हजार १० कित्ता कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार