images
images

चार महिनामा चुइगम पड्काएर सकियो २० करोड रूपैयाँ

चार महिनामा चुइगम पड्काएर सकियो २० करोड रूपैयाँ

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • चार महिनामा चुइगम पड्काएर सकियो २० करोड रूपैयाँ

    काठमाडौँ / न त छाक टर्ने, न त पेट भरिने। नखाए पनि हुने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ।

    अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क । न औषधि नै हुने, न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ ।

    देशमा चुइगम नभई नहुने वस्तु अर्थात अति आवश्यक पर्ने वस्तु त होइन तर पनि हरेक बर्ष चुइगम आयातको लागि करोडै रकम बाहिरिने गरेको छ । 

    चालु आर्थिक बर्षको चार महिना (साउनदेखि कात्तिकसम्म) मा  १९ करोड रुपैयाँभन्दा धेरैको चुइगम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा विदेशबाट १९ करोड ७१ लाख रुपैयाँको चुइगम आयात भएको हो ।

    चार महिनामा भारतबाट १९ करोड ३६ लाख रुपैयाँ बराबरको चुइगम भित्रिएको छ । भारतबाट ५ लाख ६० हजार किलोग्राम चुइमग भित्रिँदा १५ करोड रुपैयाँभन्दा धेरैको भन्सार राजश्व उठेको विभागले जनाएको छ ।

    यसबाहेक, अमेरिकाबाट २८ लाख ७९ हजार रुपैयाँको र बेलायतबाट २ लाख ७५ हजार रुपैयाँको चुइगम भित्रिएको छ । यसबाहेक अन्य मुलुकबाट भने न्यून मात्रामा आउने गरेको छ । यात्रुहरु ओहोर दोहोर गर्दा आउने परिणाम मात्रै आउने गरेको विभागको तथ्यांकले देखाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार