images
images

गाजा ‘मानवताको सबैभन्दा अन्धकार समय’ मा पुगेको छ -डब्लुएचओ

गाजा ‘मानवताको सबैभन्दा अन्धकार समय’ मा पुगेको छ -डब्लुएचओ

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • गाजा ‘मानवताको सबैभन्दा अन्धकार समय’ मा पुगेको छ -डब्लुएचओ

    स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको मङ्गलबार बताएको छ । हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ ।

    images
    images

    हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० बन्धकलाई गाजामा ल्याएको थियो । 

    इजराइलले हमासलाई समाप्त पार्ने र सबै बन्धकको मुक्ति सुनिश्चित गर्ने वाचा गरेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धमा गाजामा करिब १५ हजार नौ सय मानिस मारिएको बताएको छ । 

    कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले मङ्गलबार दक्षिणी गाजापट्टीको राफाबाट भिडियो लिङ्कको माध्यमबाट जेनेभामा पत्रकारहरूसँग मध्य र दक्षिणी गाजाबाट आउने मानिसको सङ्ख्या अत्यधिक बढेको बताए ।

    इजराइली सेनाले मङ्गलबार दक्षिणी गाजामा हमास लडाकूसँग युद्ध सुरु गरेको छ । युद्धले सर्वसाधारण घेरामा परेको प्यालेस्टिनी क्षेत्रलाई निरन्तर खुम्च्याएको छ । 

    प्रारम्भमा उत्तरी गाजामा ध्यान केन्द्रित गरेपछि इजराइली सेनाले अहिले दक्षिणमा स्थल सेनालाई पठाएको छ र सर्वसाधारणलाई त्यहाँबाट हट्न आग्रह गरेको छ । 

    “स्थिति प्रत्येक घन्टा बिग्रिँदै गइरहेको छ, यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ, धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्”, पिपरकोर्नले भने, “हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ, यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ र हामीलाई दिगो युद्धविरामको आवश्यकता छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार