images
images

नबिल बैङ्कको डिबेन्चरमा माग भन्दा बढी आवेदन, लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने

नबिल बैङ्कको डिबेन्चरमा माग भन्दा बढी आवेदन, लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • नबिल बैङ्कको डिबेन्चरमा माग भन्दा बढी आवेदन, लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने

    काठमाडौँ / नबिल बैङ्क लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैङ्कले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैङ्किङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ ।

    प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैङ्कले जनाएको छ । 

    बैङ्कले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र  एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो । सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो । यस सात वर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ । 

    नबिल बैङ्कले हाल देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । यस बैंकबाट १८ लाखभन्दा बढी ग्राहकले बैङ्किङ सेवा लिँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार