images
images

५ महिनामा त्रिभुवन विमानस्थल हुँदै साढे ५७ अर्बको वस्तु आयात, अन्य कुन नाकाबाट कति ?

५ महिनामा त्रिभुवन विमानस्थल हुँदै साढे ५७ अर्बको वस्तु आयात, अन्य कुन नाकाबाट कति ?

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • images
    images
    ५ महिनामा त्रिभुवन विमानस्थल हुँदै साढे ५७ अर्बको वस्तु आयात, अन्य कुन नाकाबाट कति ?

    काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ५ महिनामा साढे ५७ अर्ब रुपैयाँको वस्तु तथा सामान आयात भएको छ। यो ५ महिनाको कुल आयात रकमको ८.९५ प्रतिशत हो।

    images
    images

    यस अवधिमा मुलुकभरका नाकाबाट ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । यसमा ५७ अर्ब ४८ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै नेपाल आएको भन्सार विभागको तथ्यांक छ।

    चालु आवकै मंसिर मसान्तसम्ममा त्रिभुवन विमानस्थल भन्सार कार्यालय हुँदै १५ अर्ब ७० करोड ४ लाख ५६ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ। ५ महिनामा त्रिभुवन विमानस्थल हुँदै निर्यात भएको सामानको हिस्सा कुल निर्यातको २४.८४ प्रतिशत हो।

    यसै अवधिमा नेपालबाट विश्वका विभिन्न देशमा कुल ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । 

    यस्तै, चालु आर्थिक वर्षको ५ महिनामा वीरगन्ज भन्सार कार्यालयमार्फत २ खर्ब १७ अर्ब ६५ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको जस्तु तथा सामान आयात हुँदा उक्त भन्सार कार्यालयबाट १२ अर्ब ८८ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

    यसैगरी उत्तरतर्फका दुई नाकाबाट ३६ अर्ब ४७ करोड २५ लाख ६५ हजार  रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएका छन् । जसमा तातोपानी भन्सार कार्यालयमार्फत १२ अर्ब ६५ करोड २७ लाख ८३ हजार रुपैयाँ र रसुवागढी–केरुङ भन्सार कार्यालयमार्फत २३ अर्ब ८१ करोड ९७ लाख ८२ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएका छन् ।

    यी दुई भन्सार कार्यालय हुँदै ५ महिनामा क्रमशः ११ लाख ९ हजार रुपैयाँ र ५७ करोड १० लाख ५३ हजार रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । 

    यसै अवधिमा भैरहवा भन्सार कार्यालयमार्फत ९८ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ बराबरको माल वस्तु आयात हुँदा ५ अर्ब ४२ करोड ३ लाख ६० हजार रुपैयाँका निर्यात भएको छ ।  

    समीक्षा अवधिमा पूर्वी नाका विराटनगर भन्सार कार्यालयमार्फत ६८ अर्ब ९८ करोड ७१ लाख ४२ हजार रुपैयाँ बराबरको माल वस्तु आयात हुँदै गर्दा सोही भन्सार हुँदै १२ अर्ब ८८ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

    कुन नाकाबाट कति ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार