images
images

५ महिनामा देशको कुल निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

५ महिनामा देशको कुल निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • ५ महिनामा देशको कुल निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

    काठमाडौँ / नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिना (साउनदेखि मंसिरसम्म)मा देशको कुल निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार पेट्रोलियम आयात नेपालबाट भएको कुल निर्यातभन्दा ४१ अर्ब तीन करोड ४९ लाख ६३ अर्ब रुपैयाँ बढी छ ।

    विभागको तथ्यांक अनुसार नेपालले पाँच महिनामा नेपालले विभिन्न मुलुकहरूबाट एक खर्ब चार अर्ब २४ करोड २३ लाख ९८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । जबकि नेपालको पाँच महिनाको कुल निर्यात ६३ अर्ब मात्र छ । 

    तथ्यांक अनुसार नेपालले चालु आवको पाँच महिनामा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको कुल निर्यात गरेको छ भने ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सामानहरू आयात गरेको छ । 

    नेपालले चालु आवको पाँच महिनामा ९१ अर्ब ५७ करोड रुपैयाँको पेट्रोल, डिजल र मट्टितेल आयात गरिएको छ। गत आर्थिक बर्षको सोहि अवधीमा  ९३ अर्ब ८६ करोड रुपैयाँ बराबरको पेट्रोल, डिजल र मट्टितेल आयात गरिएको थियो ।

    तथ्याङ्क अनुसार ५ महिनामा ५३ अर्ब ९० करोड रुपैयाँको ४ लाख ८९ हजार ९३६ किलोलिटर डिजल, २८ अर्ब ५५ करोड रुपैयाँको २ लाख ८१ हजार ९७० किलोलिटर पेट्रोल, ४५ करोड रुपैयाँको ४ हजार १३२ किलोलिटर मट्टितेल र ८ अर्ब ६६ करोड रुपैयाँको ७८ हजार ११२ किलोलिटर हवाई इन्धन आयात गरिएको हो।

    गत आर्थिक बर्षको ५ महिनाको तुलनामा यसपालि डिजल ६५ हजार ४२६ , पेट्रोल २ हजार ५११ र हवाई इन्धन ३ हजार ८९२ किलोलिटर बढी भित्रिएको हो। मट्टितेलको आयात भने २१२ किलोलिटर घटेको तथ्याङ्क छ।

    यस्तै एलपी ग्यासको पनि खपत ४ प्रतिशत बढेको छ। भन्सार विभागको तथांक अनुसार गत वर्ष साउनदेखि मंसिरसम्म २० करोड ६३ लाख ९४ हजार ६१६ किलोग्राम एलपी ग्यास आयात गरिएकामा यसपालि ५ महिनामा २१ करोड ४२ लाख ९० हजार ८७० किलोग्राम भित्र्याइएको छ। ग्यास आयातमा यसपालि २० अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ।

    सरकाले पेट्रोलियम पदार्थबाट मात्र ४० अर्ब ४५ करोड ९८ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार