images
images

आयात सबै नाकाबाट हुन्छ, तर निर्यात किन हुँदैन ?

आयात सबै नाकाबाट हुन्छ, तर निर्यात किन हुँदैन ?

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा विदेशबाट ६ खर्बको वस्तु आयात हुँदा ६३ अर्बको निर्यात !

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • images
    images
    आयात सबै नाकाबाट हुन्छ, तर निर्यात किन हुँदैन ?

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा विदेशबाट ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । यस अवधिमा नेपालबाट जम्मा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ५ खर्ब ७९ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ ।

    images
    images

    विभागको तथ्याङ्क अनुसार देशमा बनेका सम्पूर्ण भन्सार कार्यालय वर्षैपिच्छे अनियन्त्रित रूपबाट आयात बढिरहे पनि सोहि अनुसार निर्यात भने बढ्न नसकेको पुष्टि भएको छ । नेपाल सरकारले वैदेशिक व्यापार सहजीकरण गर्न भनेर देशभर कुल २९ वटा भन्सार कार्यालय बनाएको छ । जसमध्ये २९ वटै कार्यालयबाट वस्तु तथा सामान आयात हुन्छ ।

    तर, यताबाट हुने निर्यातको तथ्याङ्क हेर्दा कुल भन्सार कार्यालयको ५० प्रतिशत नाका आयातका लागि मात्रै बनेको जस्तो देखिन्छ । किनकि, कुल २९ वटा भन्सार कार्यालयमध्ये १३ वटा कार्यालयबाट वस्तु तथा सामान निर्यात शून्य छ । निर्यात शून्य भएकामध्ये  सम्वुर्ण नाका उत्तरी छिमेकी मुलुक भारततर्फ छन् । 

    भन्सार विभागले दिएको जानकारीअनुसार भद्रपुर, चोबार, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल, जनकपुर, महेशपुर, पोखरा, राजविराज, सति, सिरहा, सुनसरी, सुथौली, टाँडी र त्रिवेणी भन्सार कार्यालयबाट निर्यात नै हुँदैन । चालू आर्थिक वर्षको ५ महिना अवधिमा विभागले सार्वजनिक गरेको तथ्याङ्कले यी नाकाबाट एक रुपैयाँको पनि वस्तु तथा सामान निर्यात भएको छैन ।

    यद्यपि, यही अवधिमा ती भन्सार कार्यालयबाट भने अर्बौँ रुपैयाँको वस्तु तथा सामान नेपाल भित्रिएको छ । भद्रपुर भन्सार कार्यालयबाट ४६ करोड २० लाख ३ हजार रुपैयाँको सामान आयात भएको तथ्याङ्कले देखाएको छ । यस्तै, चोबार भन्सार कार्यालयबाट ४६ करोड ८६ लाख ९६ हजार, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट ८ लाख ४२ हजार, जनकपुर भन्सारबाट ६० करोड २४ लाख ६७ हजार र महेशपुर भन्सारबाट १५ करोड ४६ लाख ४४ हजार रुपैयाँको आयात भएको छ ।

    यसैगरी, पोखरा भन्सारबाट २७ करोड ७४ लाख, राजविराज भन्सारबाट १९ करोड ६० लाख, सति भन्सारबाट १७ करोड ९३ लाख, सिरहा भन्सारबाट ८ करोड ४९ लाख, सुनसरी भन्सारबाट ९७ करोड १५ लाख, सुथौली भन्सारबाट ४९ करोड ७ लाख, टाँडी भन्सारबाट १ करोड ८ लाख र त्रिवेणी भन्सारबाट ४० हजार रुपैयाँको वस्तु तथा सामान भित्रिएको छ ।

    यी भन्सारबाट शून्य निर्यात

    1.JPG

    यसैगरी, नेपालबाट विभिन्न देशहरूमा वस्तु तथा सामान निर्यात हुने भन्सार कार्यालयबाट समेत उल्लेख्यरूपमा निर्यात हुने गरेको छैन । भन्सार विभागको तथ्यांकअनुसार नेपालका बाँकी १६ वटा भन्सारबाट भने निर्यात हुने गरेको छ । तर, यो आयातको तुलनामा पर्याप्त छैन ।

    चालू आर्थिक वर्षको ५ महिनाको आयात–निर्यात तथ्याङ्कले पनि नेपालका भन्सार कार्यालयहरूबाट पर्याप्त निर्यात नहुने गरेको पुष्टि गर्छ । यस अवधिमा विदेशबाट ९ रुपैयाँ भन्दा बढिको आयात गर्दा जम्मा एक रुपैयाँको मात्रै निर्यात हुने गरेको देखिएको छ । यदि नेपालका भन्सार कार्यालयहरूबाट पर्याप्त निर्यात हुने भएमा यो अनुपात स्वतः सुध्रिन्थ्यो ।

    भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले नेपालमा उत्पादित वस्तु अन्तराष्ट्रिय बजारमा बेच्न योग्य नभएको हुँदा निर्यातमा समस्या देखिएको बताउछन् । 

    “नेपालमा वस्तु कम मात्रामा उत्पादन हुन्छ । उत्पादित वस्तुमा पनि गुणस्तरको समस्या छ,” उनले भने, “नेपालमा उत्पादित वस्तुको गुणस्तर भए पनि अन्तर्राष्ट्रिय बजारमा ढुवानी समस्या हुँदा सोहिअनुसार प्रतिस्पर्धा गर्न सक्दैन ।” 

    निर्यातयोग्य वस्तु तथा सामानहरूको विदेशी बजारमा माग कम छ । केही नाकाहरूमा कुनै प्रकारको निर्यात प्रतिबन्ध छैन । तर, निर्यात हुन नसक्दा सम्पूर्ण नाकाहरू आयात बढाउन मात्रै प्रयोग भइरहेको जस्तो देखिएको उनले बताए । 

    “निर्यातको तुलनामा आयात बढ्नुमा स्वदेशी बजारको मागअनुसार नेपालका उद्योगीले उत्पादन गर्न नसक्नु हो,” खड्काले भने, नेपालमा राष्ट्रिय अवश्यक्ताअनुसार पनि वस्तु तथा सामान उत्पादन हुन सकिरहेको छैन, यदि उत्पादन बढाउन सके आयात केही मात्रामा कम गर्न सकिन्छ ।” 

    यस्तै, नेपाल भारत पारवहन सन्धिले नेपालका १५ वटा नाकाबाट निर्यात अनुमति दिएको छ । तीमध्ये, वीरगन्ज र विराटनगर नाका यसका लागि पायक पर्छ । नेपालबाट बाहिरिने वस्तु भारतको कलकत्ता, हल्दिया र विशाखपटन बन्दरगाहबाट निर्यात हुन्छ । 

    विमानस्थल भन्सारको हिस्सा ठूलो

    नेपालको वैदेशिक व्यापारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने ठूलो हिस्सा ओगटिरहेको छ । त्रिभुवन विमानस्थलबाट चालु आवको ५ महिनामा ५७ अर्ब ४८ करोड रुपैयाँको आयात हुँदा १५ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । कुल आयातको ८.९५ प्रतिशत र कुल निर्यातको २४.८४ प्रतिशत निर्यात यस भन्सार विन्दुबाट भएको तथ्यांकमा उल्लेख छ ।

    कुन नाकाबाट कति आयात–निर्यात ?

    2.JPG

    व्यापार घाटा पौने ६ अर्ब

    आर्थिक मन्दीले बजारमा उपभोक्ताको माग बढ्न नसकेर आयात घटेपछि व्यापार घाटा पनि ३.०९ प्रतिशतले कमी आएको छ । पाँच महिनामा पाँच खर्ब ७९ अर्ब व्यापार घाटा भएको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा पाँच खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ । 

    निर्यातको हिस्सा ८.९६ प्रतिशत मात्रै ! 

    पाँच महिनामा आयात र निर्यात गरी कुल सात खर्ब पाँच अर्ब ४२ करोडको वैदेशिक व्यापार हुँदा निर्यातको हिस्सा ८.९६ प्रतिशत मात्र रहेको छ । कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले खुम्चिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । पछिल्लो समयमा निर्यातको हिस्सा निरन्तर खुम्चिँदै गइरहेको छ ।

    पाँच महिनामा सबैभन्दा धेरै ५३ अर्ब ९० करोडको डिजेल र २८ अर्ब ५६ करोडको पेट्रोल आयात भएको छ । तेस्रो नम्बरमा रहेको एलपिजी ग्यास २० अर्ब ६५ करोडभन्दा बढी मूल्यको आयात भएको छ । यस्तै, १३ अर्ब ६० करोडको स्मार्ट फोन, नौ अर्ब ९७ करोडको सुन, आठ अर्ब ६६ करोडको हवाई इन्धन आयात भएको तथ्यांकले देखाउँछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार