images
images

पाँच महिनामा चार अर्बभन्दा बढीको चामल आयात

पाँच महिनामा चार अर्बभन्दा बढीको चामल आयात

मंगलवार, पुस १० २०८०
मंगलवार, पुस १० २०८०
  • images
    images
    पाँच महिनामा चार अर्बभन्दा बढीको चामल आयात

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा चामल आयातमा कमी आएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अधिकांश वस्तुको आयात घटिरहेका बेला चामलको आयातमा समेत गिरावट आएको हो । तथ्याङ्क अनुसार चालु आवको पाँच महिना (साउनदेखि मङ्सिरसम्म) मा चार अर्ब १९ करोड ४१ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । 

    गत वर्ष सोही अवधिमा सात अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । अघिल्लो वर्षको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा तीन अर्ब रुपैयाँले चामल आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । 

    चालु आवको पाँच महिनामा १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँ बराबरको चामल, मकै, धान, गहुँ, कोदो आदि आयात भएको छ । गत वर्ष सो अवधिमा २० अर्ब ३१ करोड १७ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको पाँच महिनामा समग्र खाद्यान्न आयातमा तीन अर्ब रुपैयाँले कमी आएको तथ्याङ्कले देखाएको छ । 

    पाँच महिनामा सबैभन्दा धेरै चार अर्ब ९५ करोड ८७ लाख ८८ हजार रुपैयाँ बराबरको मकै आयात भएको छ । यस्तै चार अर्ब ९० करोड ७२ लाख रुपैयाँ बराबरको धान आयात भएको छ । चार अर्ब ३१ करोड ९७ लाख रुपैयाँ बराबरको गहुँ आयात भएको छ । 

    यस्तै ३४ करोड १६ लाख रुपैयाँ बराबरको कोदो, ८९ लाख रुपियाँ बराबरको जुनेलो आयात भएको छ । विभागका अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरको चामल मात्र आयात भएको थियो । 

    आव २०७८/७९ मा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपैयाँ बराबरको चामल आयात भएको थियो । गत आवमा सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण पनि खाद्यान्न आयातमा कमी आएको थियो ।

    यस्तै आव २०७९/८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारले आयातमा गरिएको कडाइ र भारत सरकारले गहुँ आयातमा लगाइएको प्रतिबन्धका कारण अघिल्लो वर्ष खाद्यान्न आयातमा कमी आएको छ ।

    इन्डोनेसिया, भियतनाम, चीन, इटाली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार