images
Logo
images
images
images

भदौमा १५ देशमा पुग्यो नेपालको यार्सागुम्बा, सबैभन्दा धेरै चीन र कम अष्ट्रियामा

भदौमा १५ देशमा पुग्यो नेपालको यार्सागुम्बा, सबैभन्दा धेरै चीन र कम अष्ट्रियामा

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले ५ महिनामा ५५ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको १ हजार ८३ केजी यार्चागुम्बा निर्यात गरेको हो ।

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • images
    images
    भदौमा १५ देशमा पुग्यो नेपालको यार्सागुम्बा, सबैभन्दा धेरै चीन र कम अष्ट्रियामा

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ५ महिनामा नेपालले ५५ करोडभन्दा बढि रुपैयाँको यार्सागुम्बा तेस्रो मुलुकमा निर्यात गरेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालले साउन देखि मसिंर मसान्तसम्म ५५ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको १ हजार ८३ केजी यार्चागुम्बा निर्यात मुलुकमा निर्यात गरेको हो । 

    ५ महिनामा नेपालले विभिन्न १५ मुलुकमा यार्सागुम्बा निर्यात गरेको छ । विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा अमेरिका, चीन, हङकङ, भियतनाम, कम्बोडिया, सिंगापुर, बेलायत, मलेसिया, मंगोलिया, ग्रीस, अष्ट्रेलिया, अष्ट्रिया, चेक रिपब्लिक, जापान र रसिया लगायतका राष्ट्र पर्छन् । 

    विभागका अनुसार यो अवधिमा सबैभन्दा धेरै चीनमा निर्यात भएको छ । चीनमा २० करोड ४२ लाख ९० हजार रुपैयाँ बराबरको ४७७ केजी यार्चागुम्बा निर्यात भएको छ । त्यसैगरी हङकङमा २४ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको ३८० केजी निर्यात हुँदा भियतनाममा ३ करोड ४६ लाख ७५ हजार रुपैयाँको १२७ केजी यार्चागुम्बा निर्यात भएको छ । 

    यस्तै, कम्बोडियामा ३ करोड २१ लाख ३३ हजार रुपैयाँको ४६ केजी, सिंगापुरमा १ करोड २८ लाख ९४ हजार रुपैयाँको १७ केजी, बेलायतमा ८९ लाख ७३ हजार रुपैयाँको १३ केजी, अमेरिकामा ७२ लाख १४ हजार रुपैयाँको ११ केजी र मलेसियामा २७ लाख ८८ हजार रुपैयाँको १० केजी यार्चागुम्बा निर्यात भएको छ । 

    यसैगरी, मंगोलियामा ५ लाख ९८ हजार रुपैयाँको, ग्रीसमा २६ हजार रुपैयाँको, अष्ट्रेलियामा २५ हजार रुपैयाँको, अष्ट्रियामा १९ हजार रुपैयाँको चेक रिपब्लिकमा ७३ हजारको जापानमा १ लाख ३३ हजार रुपैयाँको र रसियामा ५० हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको छ । 

    यस्तै, यो ५ महिनामा भारतबाट १२ लाख ८१ हजार रुपैयाँको २० केजी यार्चागुम्बा आयात भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार