काठमाडौँ / नेपाली बजारमा आज मंगलबार सुन–चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघको अनुसार आज बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको हो ।
महासंघको अनुसार आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज नेपाली बजारमा चाँदीको मूलय समेत बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।