images
images

मधेश प्रदेशमा वित्तिय पहुँच बढ्दै : बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १ हजार ७ सय पुग्यो, कुन जिल्लामा कति ?

मधेश प्रदेशमा वित्तिय पहुँच बढ्दै : बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १ हजार ७ सय पुग्यो, कुन जिल्लामा कति ?

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • मधेश प्रदेशमा वित्तिय पहुँच बढ्दै : बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १ हजार ७ सय पुग्यो, कुन जिल्लामा कति ?

    मधेश प्रदेशमा सञ्चालनमा रहेको बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १ हजार ७ सय पुगेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले गरेको उक्त प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० को अनुसार समीक्षा वर्षमा मधेश प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित) को सञ्चालनमा रहेका कुल शाखा संख्या १ हजार ७ सय ४५ पुगेको हो । गत वर्षको सोही अवधीमा यस प्रदेशमा सञ्चालित कुल शाखा १ हजार ६ सय ७ रहेको थियो ।

    सञ्चालनमा रहेका शाखाहरू मध्ये वाणिज्य बैंकका ५ सय ७२, विकास बैंकका ८४, वित्त कम्पनीका ३८ र लघुवित्त वित्तीय संस्थाहरूको १ हजार ५१ शाखाहरू रहेका छन । जिल्लागत आधारमा शाखाहरूको उपस्थिति हेर्दा सबै भन्दा बढी बारा जिल्लामा २५० शाखाहरू र सबै भन्दा कम रौतहट जिल्लामा १८० शाखाहरू रहेका छन् ।

    २०८० असार मसान्तसम्मको बैंक तथा वित्तीय संस्थाका सेवाहरु 

    1.JPG

    स्रोतः नेपाल राष्ट्र बैंक

    यस्तै, २०८० असार मसान्तसम्ममा प्रदेशमा सञ्चालनमा रहेको एटिएम मेशिनको संख्या ४०२ वटा पुगेको छ जसमध्ये सबैभन्दा बढी पर्सा जिल्लामा ७० वटा र सबैभन्दा कम रौतहट जिल्लामा ३१ वटा रहेका छन् । त्यसैगरी यस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैकिङ्ग चलाउनेको संख्या १३ लाख ९० हजार २ सय ८५ पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार