images
images

मधेश प्रदेशमा सरकारी अस्पतालको संख्या ४० प्रतिशतले वृद्धि, कति पुग्यो ?

मधेश प्रदेशमा सरकारी अस्पतालको संख्या ४० प्रतिशतले वृद्धि, कति पुग्यो ?

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • मधेश प्रदेशमा सरकारी अस्पतालको संख्या ४० प्रतिशतले वृद्धि, कति पुग्यो ?

    गत आर्थिक बर्ष २०७९/८० मा मधेश प्रदेश सरकारी अस्पतालको संख्या ४० प्रतिशतले वृद्धि  भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले गरेको उक्त प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० को अनुसार समीक्षा वर्षमा मधेश प्रदेशमा सरकारी अस्पतालको संख्या ४० प्रतिशतले वृद्धि भई संख्या २१ वटा पुगेका छन् । 

    यता, समीक्षा वर्षमा सरकारी अस्पतालको संख्या बढेसंगै अस्पतालमा कार्यरत सरकारी चिकित्सक संख्या २२.४१ प्रतिशतले वृद्धि भई २ सय ९५ पुगेको छ । 

    त्यसैगरी सरकारी अस्पतालको शैया संख्या ९.८८ प्रतिशतले वृद्धि भई १ हजार ३ सय ३५ पुगेको छ । समीक्षा वर्षमा निजी अस्पतालको संख्या ८.८७ प्रतिशतले वृद्धि भई १ सय ३५ पुगेको छ भने निजी अस्पतालमा कार्यरत चिकित्सक संख्या १०.८८ प्रतिशले वृद्धि भई ८ सय ६६ पुगेको छ । 

    त्यसैगरी निजी अस्पतालको शैया संख्या ११.२६ प्रतिशतले वृद्धि भई २ हजार ६ सय ५८ पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार