images
Logo
images
images
images

९१ रुपैयाँको आयात गर्दा नौ रुपैयाँको मात्र निर्यात !

९१ रुपैयाँको आयात गर्दा नौ रुपैयाँको मात्र निर्यात !

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले विदेशबाट सामान किन्ने दर उच्च छ भने नेपालबाट हुने निर्यात निकै न्यून रहेको छ ।

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • images
    images
    ९१ रुपैयाँको आयात गर्दा नौ रुपैयाँको मात्र निर्यात !

    काठमाडौँ / नेपालले चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा नेपालले विदेशबाट साढे ७ खर्ब भन्द बढिको वस्तु तथा सामान आयात गरेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि पुष मसान्तसम्ममा नेपालले विभिन्न मुलुकहरूबाट ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । 

    तर, यस अवधिमा नेपालबाट निर्यात हुने वस्तुको सूची र मूल्य भने न्यून देखिएको छ । नेपालबाट ६ महिनाको अवधिमा करिब ७५ अर्ब रुपैयाँ बराबरको मात्रै वस्तु तथा सामान निर्यात गरेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक हेर्दा नेपालले विदेशबाट सामान किन्ने दर उच्च छ । तर, नेपालबाट हुने निर्यात निकै न्यून छ ।

    विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालले विदेशमा निर्यात गर्ने वस्तु तथा सामानको मूल्य र विदेशबाट आयात हुने वस्तु तथा सामानको मूल्यबीच आकाश–पातालको फरक रहेको पाइएको छ । यसको अर्थः नेपालले विदेशबाट ९१ रुपैयाँ बराबरको सामान किन्दा करिब ९ रुपैयाँ बराबरको सामानमात्र बेच्ने गरेको छ ।

    आयात : खरायो गतिमा

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिना अवधिको आयात–निर्यात तथ्यांक केलाउँदा असोज महिना बाहेक ५ वटै (साउन, भदौँ, कात्तिक, मंसिर र पुष) महिनामा आयात ऋणात्मक बनेको छ । 

    असोज महिनामा आयात १.६९ प्रतिशतले बढेर ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधीमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख २ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको थियो । 

    यता, साउन महिनामा १.५६ प्रतिशत, भदौँ महिनामा ५.०६ प्रतिशत कात्तिक महिनामा ३.७९ प्रतिशत, मंसिर महिनामा ३.३९ प्रतिशत र पुष महिनामा ३.०९ प्रतिशतले आयात घटेको छ । 

    सम्रगमा ६ महिनामा आयात ३.०९ प्रतिशतले घटेर  ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यसरी तथ्याङ्क अनुसार नेपालमा विभिन्न मुलुकबाट हुने आयात घटेको भएपनि निर्यातको तुलनामा न्युन रहेको छ । 

    यी हुन् ६ महिनामा सबैभन्दा धेरे आयात भएको वस्तुहरू

    1.JPGस्रोत : भन्सार विभाग

    निर्यात : कछुवा चालमा

    सरकारले हरेक बर्ष बजेटमार्फत आयात प्रतिस्थापनका लागि उत्पादन बढाउने योजना ल्याएपनि बजेट भाषणपछि कार्यक्रम नै बिर्सने गरेको छ । जसका कारण बाह्य मुलुकसँगको व्यापार घाटा हरेक महिना बढ्दै गएको छ भने नेपालले निर्यात गर्ने वस्तुमा मात्रा आयातको तुलनामा निकै न्युन रहेको छ । 

    ६ महिनामा भएको आयात र निर्यातको तथ्यांक केलाउँदा पछिल्लो केहि महिनाहरूमा निर्यात ऋणात्मक रहेको देखिन्छ । चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा नेपालबाट विभिन्न मुलुकहरूमा ७४ अर्ब ९६ करोड बराबरको वस्तु निर्यात भएको छ । तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.२३ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनाको अवधिमा ८० अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यसरी विभागको तथ्याङ्क हेर्ने हो भने तीव्र गतिमा बढी रहेको आयात रोकेर अहिलेकै गतिमा हुने निर्यातले वैदेशिक व्यापार घाटालाई क मगर्न सक्ने स्थिति भने छैन । 

    यी हुन् ६ महिनामा सबैभन्दा धेरे निर्यात भएको वस्तुहरू

    2.JPGस्रोत : भन्सार विभाग

    बढ्यो राजस्व संकलन तर, भेटेन लक्ष्य 

    सरकारले विद्युतीय सवारीसाधनको भन्सार दर हेरफेर गरेसँगै राजस्व संकलनमा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधीमा वैदेशिक व्यापार घटे पनि सरकारले भन्सार बिन्दुबाट उठाउने राजस्व भने बढेको छ ।

    ६ महिनामा २ खर्ब ९ अर्ब राजस्व संकलन भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३४ प्रतिशत अर्थात ११ अर्ब ९३ करोडले बढी हो । गत आवमा सरकारले १ खर्ब ८८ अर्ब १७ करोडबराबर राजस्व उठाएको थियो । 

    राजस्व बढे पनि यो वृद्धि अनुमानको तुलनामा भने धेरै कम हो । यस वर्ष सरकारले ६ महिनामा भन्सारबाट ३ खर्ब ६ अर्ब १७ करोड राजस्व संकलन लक्ष्य राखेको थियो । तर, संकलन भने लक्ष्यको ६५ प्रतिशतमात्र भएको छ । यता, कुल लक्ष्यको तुलनामा भने ६ महिनामा ३१ प्रतिशतमात्र असुली भएको छ । यस वर्ष सरकारले भन्सार राजस्व ६ खर्ब २७ अर्ब ७५ करोड उठाउने लक्ष्य राखेको छ ।

    यी हुन् ६ महिनामा राजस्वमा योगदान गर्ने प्रमुख १० वस्तु, कुनबाट कति राजस्व संकलन ?

    1.JPGस्रोत : भन्सार विभाग 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार