images
images

आज बढ्यो अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ, हेर्नुस् विनिमय दर

आज बढ्यो अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ, हेर्नुस् विनिमय दर

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • आज बढ्यो अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यसअघि एकको खरिदमा १३२ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३३ रुपैयाँ २१ पैसा रहेको अमेरिकी डलरको भाउ बढेर खरिदमा १३२ रुपैयाँ ७५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३५ पैसा कायम भएको छ । 
    यता, युरोको भाउ भने घटेको छ । यसअघि एकको खरिदमा १४४ रुपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रुपैयाँ ९९ पैसा पुगेको युरोपियन युरोको भाउ घटेर आज खरिदमा १४४ रुपैयाँ २१ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८६ पैसामा झरेको छ । 

    images
    images

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा पुगेको छ । स्वीस फ्र्याङ्क एकको खरिदमा १५२ रुपैयाँ ७१ पैसा र बिक्रीमा १५३ रुपैयाँ ४० पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ७१ पैसा कायम भएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ४८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९२ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९ रुपैयाँ १ पैसा पुगेको छ । 

    यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ  ५१ पैसा र बिक्रीमा १८ रुपैयाँ ६० पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४० पैसा र बिक्रीमा ३५ रुपैयाँ ५६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार