images
images

खाद्यान्नमा परनिर्भरता बढ्दो : ६ महिनामा २२ अर्बको आयात हुँदा ६० लाखको निर्यात

खाद्यान्नमा परनिर्भरता बढ्दो : ६ महिनामा २२ अर्बको आयात हुँदा ६० लाखको निर्यात

आवश्यकताअनुसार खाद्यान्न उत्पादन गर्न नसक्दा नेपालमा हरेक बर्ष बाहिरि मुलुकबाट अर्बै रुपैयाँको खाद्यान्न विभिन्न मुलुकबाट आयात हुँदै आएको हो ।

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • खाद्यान्नमा परनिर्भरता बढ्दो : ६ महिनामा २२ अर्बको आयात हुँदा ६० लाखको निर्यात

    काठमाडौँ / नेपाल कृषिप्रधान देश भएतापनि हरेक बर्ष बाहिरी मुलुकहरूबाट खाद्यान्न आयात गरिने गरिएको छ । आवश्यकताअनुसार खाद्यान्न उत्पादन गर्न नसक्दा नेपालमा हरेक बर्ष बाहिरि मुलुकबाट अर्बै रुपैयाँको खाद्यान्न विभिन्न मुलुकबाट आयात हुँदै आएको हो । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार सरकारले कृषिमा बर्सेनि लगानी बढाउँदै नयाँ कार्यक्रम लागू गरे पनि उत्पादनमा अपेक्षाकृत प्रतिफल देखिन नसकेको पुष्टि भएको छ । धान, चामल, गहुँ, कोदो, मकै, जौ, कनिका लगायतका वस्तु खाद्यान्नको सूचीमा पर्छ । खाद्यान्न उपयोग र व्यवस्थापनको कमी तथा परिवर्तन हुँदै गएको मानिसको खाने शैलील खाद्यान्नमा परनिर्भरता बढ्दै गएको हो । 

    विभागको तथ्याङ्क अनुसार नेपालमा अत्यधिकमात्रामा खाद्य पदार्थ आयात भइरहेको देखाएको छ । धान, मकै, कोदो जस्ता नेपालका प्रमुख खाद्यबाली मानिए पनि चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

    एकातिर नेपालको जमिन बाँझो रहने अर्कोतर्फ नेपालमा उत्पादन बढाउन सक्ने खाद्य वस्तुसमेत आयात गरेर खानुपर्ने विषम अवस्थामा नेपाली पुगेका छन् । सरकारले कृषिउपजको उत्पादन बढाउनका लागि विभिन्न नीति तथा कार्यक्रम बनाएको छ ।

    तर, लक्षित वर्गसम्म ती कार्यक्रम पुग्न सकेको छैन । सरकारले केही कृषिउपजमा आत्मनिर्भर भएको घोषणा गरेपनि भन्सार विभागको तथ्याङ्कले भने सो दाबीलाई समेत गलत सावित गरिदिएको छ ।

    चालस आवको पुष मसान्तसम्मा नेपालमा २२ अर्ब २२ करोड रुपैयाँ बराबरको ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको छ । यो गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा २० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँले कम हो । गत आर्थिक बर्षको ६ महिनामा २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको खाद्यान्न वस्तु आयात भएको थियो । 

    नेपालमा भारतसहित इन्डोनेसिया, भियतनाम, इटाली, थाइल्यान्ड, फिलिपिन्स, चीन, संयुक्त राज्य अमेरिकालगायतका देशहरूबाट ठूलो परिणममा खांद्य वस्तु आयात हुने गरेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

    कुन वस्तुको आयात कति ? 

    – करिब ५ अर्ब बराबरको गहुँ आयात

    तथ्याङ्क अनुसार चालु आवको ६ महिनामा विभिन्न मुलुकहरूबाट करिब ५ अर्ब रुपैयाँ बराबरको गहुँ तथा गहुँजन्य वस्तु आयात गरिएको छ । पुष मसान्तसम्ममा ४ अर्ब ९९ करोड २८ लाख रुपैयाँ बराबरको १२ करोड ३९ लाख ६८  हजार किलो गहुँ तथा गहुँजन्य वस्तु आयात गरिएको हो । नेपालमा उक्त मुल्य बराबरको गहुँ भारत र मेक्सिकोबाट आयात गरिएको हो । 

    – ६ मुलुकबाट भित्रियो बासमती चामल

    नेपालमा ६ महिनाको अवधीमा विभिन्न ६ मुलुकहरूबाट बासमती चामलको आयात गरिएको छ । नेपालमा चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्यान्डबाट ३ अर्ब २१ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ४७ लाख ७९ हजार किलो बासमती चामल आयात गरिएको हो । 

    – साढे ६ अर्बभन्दा बढीको मकै आयात

    पुष मसान्तसम्ममा नेपालले साढे ६ अर्बभन्दा बढीको मकै आयात गरेको छ । ६ महिनाको अवधीमा ६ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ बराबरको १ लाख ५७ हजार मेट्रिक टन मकै आयात गरेको हो । नेपालले अर्जेन्टिना, भारत, थाइल्याण्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गरिएको विभागको तथ्यांकमा उल्लेख छ ।

    – उत्पादन बढेपनि घटेन धान तथा चामलको आयात

    नेपाललमा यस बर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको हो । 

    मन्त्रालयका अनुसार यो वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेक्ट्रिक टन धान उत्पादन भएको छ । यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशत र गत आव २०७९/८० को तुलनामा ४.३३ प्रतिशत धेरै हो । गत वर्ष देशभर ५४ लाख ४७ हजार टन धान उत्पादन भएको थियो । तर, भन्सार विभागको तथ्याङ्क अनुसार उत्पादनमा वृद्धि भएपनि नेपालमा धान तथा चामलको आयात गर्नुपर्ने अवस्था रहेको देखाएको छ । 

    चालु आर्थिक बर्षको ६ महिनामा धान तथा पोलिस गरेको चामल लगायतका खाद्यान्न वस्तुको आयातमा ७ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ बाहिरिएको छ । नेपालले उक्त मूल्य बराबरको १७ करोड २० लाख किलो मेट्रिक टन धान तथा चामल आयात गरेको हो ।

    कछुवाको गतिमा निर्यात 

    चालु आर्थिक बर्षको ६ महिनामा नेपालले ६० लाख रुपैयाँ बराबरको खाद्यान्न विभिन्न मुलुकमा निर्यात गरेको छ । जव कि यो अवधीमा नेपालले करिब ७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको तथ्याङ्क छ । यसरी हेर्ने हो भने खाद्यान्न आयातको तुलनामा निर्यातको हिस्सा न्युन रहेको देखिन्छ । 

    पुष मसान्तसम्मा नेपालले ६० लाख ४३ हजार रुपैयाँ बराबरकोे ४९ हजार ४ सय ४९ किलो खाद्यान्न निर्यात गरेको छ । तथ्याङ्क अनुसार नेपालबाट निर्यात गरिएका अधिकांश खाद्यान्न वस्तुमा रैथाने बाली रहेको उल्लेख छ । 

    गत वर्ष यही अवधिमा ३७ लाख ८९ हजार रुपैयाँको खाद्यान्न निर्यात भएको थियो । गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा खाद्यान्नको निर्यात बढेपनि आयातको तसलनामा निकै कम रहेको छ । नेपालले अस्ट्रेलिया, भारत, हङकङ, इटाली लगायत राष्ट्रमा मकै, बासमती चामल, कोदो, फापर निर्यात गरेको छ ।

    चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट ३९ लाख ४३ हजार रुपैयाँ बराबरको ३० हजार ६ सय किलो फापर निर्यात भएको छ । नेपालले भारतमा २४ हजार किलो, अस्ट्रेलियामा ४ हजार ९ सय ८० किलो, र अमेरिकामा १७ सय १६ किलो फापर निर्यात गरेको हो । 

    यस्तै, १५ लाख ७५ हजार रुपैयाँ बराबरको १४ हजार ६ सय किलो कोदो अस्ट्रेलिया, हङकङ लगायतको देशमा निर्यात भएको छ । पुस मसान्तसम्ममा नेपालले अस्ट्रेलिया ४ सय किलो, हङकङमा ४ हजार किलो, इटाली १२ सय किलो, कोरियामा २५ सय किलो, बेलायतमा ५८ सय ७६ किलो र अमेरिकामा ६ सय ५६ किलो कोदो निर्यात गरेको हो । 

    गत बर्ष ५६ अर्बको खाद्यान्न आयात

    गत आर्थिक बर्ष २०७९/८० मा नेपालले विभिन्न छिमेकी मुलुकहरूबाट साढे ५६ अर्ब भन्दा बढि रुपैयाँको खाद्यान्न आयात गरेको छ । उक्त बर्षमा नेपालले ६९ लाख ४६ हजार रुपैयाँको खाद्य वस्तु निर्यात गरेको थियो । सो वर्षमा सरकारले ५६ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको थियो । सो वर्ष खाद्यान्नको कारोबारबाट सरकारले ३ अर्ब ५७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।  यस्तै, अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा नेपालमा विभिन्न देशबाट ७४ अर्ब २७ करोड ३७ लाख ७ हजार रुपैयाँको आयात भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार