images
images

राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशबाट महिलामा मनरुपा, पदम र किरणबाबु विजयी

राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशबाट महिलामा मनरुपा, पदम र किरणबाबु विजयी

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशबाट महिलामा मनरुपा, पदम र किरणबाबु विजयी

    पोखरा / राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए । 

    images
    images

    विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाएकी थिइन् । उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मत दिएका थिए । 

    गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन् । स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । 

    राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनै पनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे । स्थानीय तहतर्फ बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन् ।

    त्यस्तै, अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार ३ हजार ७ सय ७४ मतसहित  विजयी भएका हुन् । परियारलाई स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए । 

    विपक्षी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अपाङ्गता कोटामा ३ मत बदर भएको छ । यो क्लष्टरमा भने मत क्रस भएको छैन ।


    यसैगरी अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ ३ हजार ८ सय ८ मतभारसहित विजयी भएका हुन् । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए । 

    विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अन्य कोटामा गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार