images
images

डिएभी कलेजद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, बिजेताले पायो ३ लाख नगद पुरस्कार

डिएभी कलेजद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, बिजेताले पायो ३ लाख नगद पुरस्कार

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • डिएभी कलेजद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, बिजेताले पायो ३ लाख नगद पुरस्कार

    काठमाडौँ / डिएभी कलेजले आयोजना गरेको पाचौँ डिएभी (प्लस टु) अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिता सम्पन्न भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिता केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडियाको उपस्थितिमा माघ १३ गते सम्पन्न भएको हो । 

    images
    images
    images
    images

    कलेजको आफ्नै फुटसल मैदानमा भएको सो प्रतियोगितामा ४२ ओटा कलेजले सहभागिता जनाएका छन् । 

    उक्त प्रतियोगितालाई अध्यक्ष केडिया, नेपालका भू.पू. राष्ट्रिय फुटबल खेलाडी प्रदीप महर्जन तथा कलेजका प्रिन्सिपल सुमन बस्नेतले समुद्घाटन गरेका थिए । 

    समुद्घाटन कार्यक्रममा केडिया अर्गनाइजेशनका कर्पोरेट मार्केटिङ प्रमुख राजकुमार शाह, शिव शक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठकोसमेत उपस्थिति थियो । 

    चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता प्लस टु लेभलको सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरे । 

    साथै, उक्त प्रतियोगिताका विजयी टिमहरूलाई अध्यक्ष केडिया, प्रिन्सिपल बस्नेत, शिव शक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर श्रेष्ठबाट संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगितामा विजेता टिम विनायक सिद्ध कलेजले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम कुमारी एकेडेमी (केइबिएस)ले २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 

    साथै उत्कृष्ट खेलाडी डिएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाललाई पनि जनही नगद १५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार