images
images

अझै ३ महिना भुसालले नै त्रिविको उपकुलपति खान पाउने !

अझै ३ महिना भुसालले नै त्रिविको उपकुलपति खान पाउने !

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • अझै ३ महिना भुसालले नै त्रिविको उपकुलपति खान पाउने !

    काठमाडौँ / सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी थप ३ महिनाका लागि प्रा.डा. शिवलाल भुसाललाई सुम्पेको छ । ३ महिने कार्यकाल सकिन एक दिन मात्रै बाँकी हुँदा उनले पुनः ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका हुन् । 

    अहिले नयाँ उपकुलपति छनौट प्रक्रिया भएरहेको कारण त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा उनलाई नियुक्त गरेका हुन् । 

    १६ कात्तिकमा तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन शिक्षाध्यक्ष प्राडा भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो । 

    सरकारले नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नयाँ उपकुलपति नियुक्ति हुन समय लाग्ने देखिएको छ । त्यसका लागि ४३ जनाले आवेदन दिएका छन् । 

    अहिले आवेदनकर्ताहरूको मूल्याङ्कनको कार्य भइरहेको छ । उपकुलपति छनोट तथा सिफारिसको लागि सरकारले सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा समिति गठन गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार