images
images

विश्वभर हुने विभिन्न ककटेल डिनरमा एनआरएनएले संस्थाको पैसा खर्च नगर्ने

विश्वभर हुने विभिन्न ककटेल डिनरमा एनआरएनएले संस्थाको पैसा खर्च नगर्ने

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • विश्वभर हुने विभिन्न ककटेल डिनरमा एनआरएनएले संस्थाको पैसा खर्च नगर्ने

    काठमाडौं/  गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को तेश्रो अन्तराष्ट्रिय कार्यकारी सचिवालयको बैठक संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा हिजो शनिवार दिन भरर्चुल माध्यबाट सम्पन्न भएको छ ।  

    बैठकमा संघको केन्द्रीय सचिवालयमा कार्यरत सहायक निर्देशक बन्दना शर्माले संघका प्रमुख कार्यकारी अधिकृत  (सिइओ) लाई  सम्बोधन गरि पठाएको इमेलमार्फत संस्थागत तथा व्यक्तिगत लाञ्छना लगाउने गरि विभिन्न सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएका विषयहरूबाट संघको ध्यानाकर्षण भइ बैठकमा गम्भिर रूपमा छलफल भयो।  

    शर्माले वर्तमान संस्थागत तरलताको फाइदा उठाउने मनसायले सचिवालयको इमेल प्रयोग गरि पदीय जिम्मेवारी र मर्यादाभन्दा बाहिर गई  संस्थाको गोपनीयतामा  समेत ख्याल नगरेको बैठकको निष्कर्ष छ । 

    साथै, निज शर्माले सार्वजनिक गरेका विषयहरू संस्थाको मर्यादा विपरित सुनियोजित र कपोलकल्पित भएको बैठकको ठहर छ। 

    केन्द्रिय सचिवालयका प्रशासनिक कर्मचारीले सोही मुताबिक अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयबाट निर्देशित काम गर्नुपर्ने भएकाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सहायक  निर्देशकले लगाएको नीतिगत सैद्दान्तिक मतभेदको आरोप पनि असान्दर्भिक छ र बैठकले संघको केन्द्रीय कार्यालयमा कार्यरत अन्य कर्मचारीलाई उच्च मनोबल सहित संघको कर्मचारी नियमावली, आर्थिक नियमावली र प्रचलित कानूनको अधिनमा रहि कार्य सम्पादन गर्न समेत गरेको छ ।  

    विश्वभर हुने विभिन्न साना ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा ककटेल डिनरको आयोजना गर्ने प्रचलन अनुरुप संघले समेत स्थापनाकालदेखि संघको विश्व सम्मेलनमा डिनर आयोजना गरिदै आएको स्वीकार गर्दै यस्ता डिनरमा संस्थाको पैसा खर्च नगर्ने जनाएको छ । 


    त्यसैगरी, शर्माले इमेलमार्फत भूकम्प पीडितको लागि राहत वितरण गर्न जाजरकोट र  रुकुम पश्चिम जाँदा संस्थाको रकम खर्च भएको भन्ने भ्रामक सन्देश दिएर संस्थाको साख गिराउने काम गर्नुभएको देखिन्छ । 

    राहत वितरणको क्रममा पदाधिकारीहरुले आफ्नो व्यक्गित खर्च स्वयं आफैले बेहोर्ने जनाएको छ । 

     गैरआवासीय नेपाली संघको गत अक्टोवरमा सम्पन्न ११ औं महाधिवेशन तथा विश्व सम्मेलनमा संघले ५ करोड २९ लाख २१ हजार ३७७ रुपिया ५६ पैसा ९ उम्मेद्वार दर्ता शुल्क, सहभागी दर्ता शुल्क, स्पोन्सरहरुको सहयोगमा सम्पूर्ण खर्च कटाएर २ करोड ६६ लाख २४ हजार ६८३ रुपिया ९० पैसा आम्दानी गरेको छ। 

    गैरआवासीय नेपाली संघको जनवरी २१ – २२ २०२४ मा चन्द्रागिरीमा सम्पन्न बैठकलाई मितव्ययी बनाउन  पदाधिकारीहरुले आफैँ दर्ता शुल्क तिरेको अपुग रकम व्यक्तिगत तथा संस्थागत प्रयोजन मार्फत भुक्तानी गरिएको जनाएको छ । 

    गैरआवासीय नेपाली संघका आम सदस्यहरु तथा  संस्थाको सबै कर्मचारीले चाहेको समयमा संस्थाका अध्यक्ष, महासचिव लगायत सबै पदाधिकारीहरुसंग प्रत्यक्ष सम्पर्क र संवादको वातावरण सधै खुल्ला रहेपनि शर्माले गैरआवासीय नेपाली संघको इमेल डेटाबेस दुरुपयोग गरि संघको कर्मचारी प्रशासन नियमावली विपरित आफ्नो असान्दर्भिक व्यक्तिगत असन्तुष्टि सार्वजनिक गर्दै संघको साख गिराएको भनेको छ । 

    यस्तैगरी संघको संवेदनशिल विषयहरुमा आमसदस्यहरु, दाताहरूप्रति अपमान गरेको ठहर गर्दै उनको कार्यभारलाई कर्मचारी नियामावली अनुसार व्यवस्थापन  गर्ने निर्णय गरेको छ ।

     संघका हरेक गतिविधिहरु संघको विधान, संस्थाको आर्थिक नियमावली, नेपाल सरकारको आर्थिक नियमावली भित्र रहेर हुने गरेको सबैमा जानकारी समेत  गराइन्छ ।

    संघद्वारा संचालित कार्यक्रम तथा परियोजनाहरु अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र संघको अन्तर्राष्ट्रिय परिषद (आइसीसी) बाट नियम अनुसार पारित भएर मात्र कार्यान्वयन जाने परम्परा रहेको जानकारी दिदैं संघको क्रियाकलाप प्रति चासो, गुनासो र सकरात्मक सुझाव दिने सम्पूर्णमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय हार्दिक ज्ञापन पनि गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार